भदौ १७, काठमाडौँ । इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो ।

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो ।

तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् ।

तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

१ सय १ जनामध्ये ९७ जनालाई अक्टोबर ७ मा गरिएको हमलाको दौरान बन्धक बनाइएको थियो । ४ जना भने त्योभन्दा अघि नै हमासको कब्जा रहेका थिए । यसमध्ये पनि २ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको प्रधानमन्त्री कार्यालयको भनाई छ ।

Related News