2026-09-22 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बागमतीमा हाम फालेकी २० वर्षीया युवती अझै भेटिइनन

भदौ १७, काठमाडौँ । ललितपुरको च्यासलनजिकै बागमती नदीमा रहेको दोभान पुलबाट आइतबार साँझ हाम फालेकी युवती सोमबार दिउँसोसम्म भेटिएकी छैनन्। बागमती पुलमुनि आफ्नो मोबाइल, झोला र सुसाइड नोट छाडेर ती युवती खोलामा हाम फालेकी थिइन्।

प्रहरीका अनुसार सुसाइड नोटमा उनले ययसमा कसैको दोष नरहेको उल्लेख गरेकी छन्। ‍अंग्रेजीमा लेखिएको नोटमा ती २० वर्षीया युवती अञ्जली शर्माले घटनामा कसैको दोष नभएको उल्लेख गरेकी छन्।

आइतबार भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्मा हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पुलमुनि फेला परेको मोबाइल र झोला अञ्जलीकै भएको पुष्टि भएको प्रहरीले बताएको छ।

अञ्जलीको खोजीमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र र सेनाका गोताखोरले दोभान पुल हुँदै बल्खुसम्म खोजी गर्दा पनि उनको अवस्था थाहा भएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो