2026-09-22 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु, युक्रेनी सेनाको कब्जामा ७ नेपाली (सुचिसहित)

भदौ १७, काठमाडौँ । रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार मृत्यु हुनेमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।

यससँगै रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुगेको छ । यो भदौ १४ सम्मको तथ्यांक हो ।

मृत्यु हुनेहरुको ठेगाना खुलिसकेको छैन । सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर ठेगाना पत्ता लगाउने प्रयास भइरहेको परराष्ट्र स्रोतले बतायो ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई भर्ती गरिरहेको छ ।

युक्रेनको कब्जामा ७ नेपाली

रुसी सेनामा भर्ती भई अहिले ७ नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसरी कब्जामा परेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी, मकवानपुरका ईश्वर लामिछाने र मदन दाहाल (जिल्ला खुलेको छैन) छन् ।

उनीहरूलाई नेपाल सरकारले रुसी सरकारसँग सहकार्य गरेर छुटाउने प्रयास गरे पनि हालसम्म उक्त पहल सफल हुन सकेको छैन । साथै, यसै महिना राष्ट्रपति रामचन्द्र पौडेलले जेनेभा र जर्मनीको भ्रमण गर्दा जर्मनीका राष्ट्रपतिसामु नेपालीहरुलाई युक्रेनी सेनाको कब्जाबाट उठाउनको लागि पहल गरेका थिए ।

बर्लिनस्थित नेपाली दूतावासले पनि युक्रेन सरकारसँग नेपालीहरुलाई छाडिदिनको लागि आग्रह गरिरहेको छ । अर्कोतर्फ बर्लिनस्थित नेपाली दूतावासले पनि युक्रेन सरकारसँग सहकार्य गरेर छुटाउने पहल गररहेको छ । तर उक्त पहल सफल हुन सकेको छैन ।

रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने ४० नेपालीको नामावली

१. राजकुमार रोका–दोलखा

२. सुक्रबहादुर तामाङ–काठमाडौं

३. भरतबहादुर शाह–काठमाडौं

४. देवन राई–कास्की

५. प्रितम कार्की–स्याङ्जा

६. गंगराज मोक्तान–इलाम

७. रुपक कार्की–कपिलवस्तु

८. सन्दीप थपलिया–गोरखा

९. कुन्दनसिंह नगाल–दार्चुला

१०. हरिप्रसाद अर्याल–स्याङ्जा

११. राजकुमार गिरी–धादिङ

१२.धनसिंह पुन–रोल्पा

१३. पूर्णबहादुर गुरुङ–धादिङ

१४. सुन्दर मुक्तान–रसुवा

१५. गंगाराम अधिकारी–झापा

१६. पदमबहादुर घिमिरे–उदयपुर

१७. सन्जय केसी–बाँके

१८. नबीन शाही–जाजरकोट

१९. जितबहादुर विक–वाग्लुङ

२०. अनितकुमार साह–महोत्तरी

२१.खगेन्द्र राईका मगर–धनकुटा

२२. बिरवल राई–संखुवासभा

२३. बलराम गुरुङ–रुकुम

२४. तेजबहादुर शाही–दैलेख

२५. सुरेन्द्र राना– जुम्ला

२६. लालबहादुर बुढा–रुपन्देही

२७. राजु थारु–

२८. फुर्वा शेर्पा–दोलखा

२९. सुरज विक–स्याङ्जा

३०. नेत्रबहादुर घर्ती– धादिङ

३१. शंकर दमाई–गुल्मी

३२. साजन गुरुङ–लमजुङ

३३. शान्त बहादुर भोलान– सिन्धुली

३४. घनश्याम परियार

३५. संजोक आचार्य

३६. नवीन शाही

३७. विमल लिम्बु

३८.बिक्रम चौधरी

३९.डोमबहादुर आले

४०. सुवास थापा

युक्रेनी सेनाको कब्जामा ७ नेपालीहरु

१. विवेक खत्री–बर्दिया

२. सिद्धार्थ ढकाल–काभ्रे

३. विकास राई–मोरङ

४. प्रतीक पुन–रोल्पा

५. सुजन सुवेदी–चितवन

६. ईश्वर लामिछाने– गोरखा

७. मदन दाहाल (जिल्ला खुलेको छैन)

(स्रोतः परराष्ट्र मन्त्रालय (भदौ १४ गतेसम्मको तथ्यांक अनुसार)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो