भदौ १७, काठमाडौँ । प्रसिद्ध अभिनेता रामचन्द्र अधिकारी, जसलाई दर्शकले ‘काजी साब’ को रुपमा चिनिन्छन्, उनले आफू सकुशल रहेको र सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युको हल्ला निराधार रहेको बताएका छन्। मिडिया हबबाट सार्वजनिक एक भिडिओमा अधिकारीले यस्ता भ्रमपूर्ण कुरामा ध्यान नदिन आग्रह गरेका छन्।

उनले गुनासो गर्दै भने, “दर्शकहरुले मेरो बारेमा दानवरुपी व्यवहार गर्नुभयो। उहाँहरुलाई पनि नमस्कार छ। मलाई जिउँदै मारियो। म बोलिरहेको छु।”

अधिकारी हाल चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’को सुटिङमा व्यस्त रहेको बताएका छन्। आफ्नो मृत्युको गलत समाचार फैलाएको प्रति उनले दुःख व्यक्त गरेका छन् र थपे, “अहिलेसम्म हामीबाट कसैको मन दुखाउने काम भएको छैन, अरुले पनि नगरुन्।”

मृत्युको हल्लापछि ‘काजी साब’को स्पष्टीकरण, ‘म बोलिरहेको छु, भ्रमित नहुनुहोला’