Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 3, 2024 समाज

सदनमा विष्णु माझीको चर्चा, सांसद भण्डारीले भने- नेपालीले देख्न चाहेका छन्, मिल्ने भए सार्वजनिक होस्

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १८, काठमाडौँ । </b>प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए ।<br></p><p>उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’</p><p>उनले कुनै उपाय छ र मिल्ने भए विष्णु माझीलाई सार्वजनिक गर्न माग गरे ।</p>