2026-09-22 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजदूत सिफारिस समावेशी नभएपछि आरजुले भनिन् : ‘आईएम सरी’

भदौ १८, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकामा माफी मागेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गर्दै माफी मागेकी हुन् ।

सरकारले दलित र मुस्लिम समुदायलाई राजदूतमा सिफारिस गर्न चाहे पनि त्यसका निम्ति प्रस्तावित उमेदवारका रूपमा कसैले दाबी नगरेको उनले बताइन् । “…दलित समुदायको कोही क्यान्डिडेटको कुरा पनि नआएको र नेक्स्ट नियुक्तिहरूमा दलित प्लस मुस्लिम यो दुईवटा क्याटोगरीबाट कोही पनि अहिलेसम्म नआएकोमा पनि सरी,” उनले भनिन् ।

उनले एउटा राजदूत पद खाली भएको र त्यसमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउने विषयमा आफूले प्रयास गरिरहेको पनि बताइन् । उनले सरकारले प्रस्ताव गरेका १७ देशका राजदूतले मुलुकको प्रतिनिधित्व राम्रोसँग गर्ने विश्वास व्यक्त गरिन् ।

बैठकमा सांसदहरूले राजदूत नियुक्ति समावेशी नभएको भन्दै आउँदा दिनमा सच्याउन परराष्ट्रमन्त्री राणाको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो