२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चक्कु देखाएर इटाली र जर्मनीको नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

२०८१, ९ आश्विन बुधबार ०९:३९

असोज ९, काठमाडौँ । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।


उनले भने, “इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सरसामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।”

काभ्रेको बनेपा–६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा