जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजम"/>
असोज ९, काठमाडौँ । विराटनगर महानगरपालिका मुनालपथस्थित विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका–२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजमा बुधबार दिउँसो करिब २ बजे आगलागी भएको हो।
आगलागीबाट मनीष अग्रवाल सञ्चालक रहेको इन्टरप्राइजेजमा पूर्णरुपमा क्षति पुगेको छ। आगलागी भएको इन्टरप्राइजेज नजिक बजाज मोटरसाइकलको सोरुममा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। इन्टरप्राइजेजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ। आगलागीपछि नियन्त्रणका लागि महानगरबाट ३ वटा र एउटा वारुणयन्त्र दुहबी नगरपालिकाबाट परिचालन भएका थिए।
सात दमकल पानी खर्चिएपछि आगलागि नियन्त्रणमा आएको महानगरका नगररक्षक प्रमुख राजन पौडेलले जानकारी दिए। इन्टरप्राइजेजमा आगलागिबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।