२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु, तीन दिनदेखि शव एम्बुलेन्समै

२०८१, १३ आश्विन आईतवार ०७:२५

असोज १३, काठमाडौँ । सिन्धुलीबाट बिरामी लिएर काठमाडौं जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमा रोकिंदा दुई बिरामीको मृत्यु भएको छ। सिन्धुली सदरमुकामबाट बिरामी बोकेर काठमाडौं तर्फ गएका पाँच एम्बुलेन्समध्ये दुईवटाका बिरामीले उपचारको अभावमा ज्यान गुमाएका हुन्।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा नजिकै बिपी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि एम्बुलेन्सहरू बिहीवारदेखि नै बीच बाटोमा रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ती बिरामीमध्ये सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लागाउँ निवासी करिब ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ निवासी ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको हो।


प्रहरीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले जानकारी दिए अनुसार, टीका कुमारी भुजेलको शुक्रबार र मानबहादुर सिंजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो। भुजेललाई रगतको कमी र दमको समस्या भएका कारण थप उपचारका लागि सिन्धुली अस्पतालबाट काठमाडौं लगिंदै थियो भने सिंजाली मृगौला पीडित थिए र उनलाई महोत्तरीको बर्दिवासबाट काठमाडौं लगिँदै थियो।

तीन दिनदेखि अलपत्र

बिपी राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्सका अन्य बिरामीहरूको स्वास्थ्य अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गएको छ। एम्बुलेन्सका चालक सुमन तामाङका अनुसार, पहिरोले बाटो अवरुद्ध भएपछि एम्बुलेन्सहरू बीचबाटोमै फसेका थिए, जसले गर्दा तीन दिनसम्म बिरामीको उपचार हुन नसकेर ज्यान गुमाउनुपरेको हो। मृत्यु भएका बिरामीका शवहरू लामो समयसम्म एम्बुलेन्समै रहँदा गनाउन थालेको उनले बताए।

"शव निकाल्न सकिएको छैन। बिरामीको त मृत्यु भयो, अब हामी आफैं पनि भोकप्यासले मर्ने डर छ," तामाङले भने। त्यस्तै, अर्का एम्बुलेन्स चालक उमेश आलेका अनुसार, एम्बुलेन्सका बिरामीहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा उनीहरूले ज्यान गुमाउनुपरेको छ। "पहिरोको जोखिममा पर्‍यौं। हामी बाँच्यौं, तर बिरामीलाई बचाउन सकेनौं," आलेले बताए।

बाढी र पहिरोले बिपी राजमार्गका दर्जनौं स्थानमा क्षति पुर्‍याउँदा एम्बुलेन्ससहित राजधानी जाने र फर्कने सयौं गाडीहरू पनि तीन दिनदेखि अलपत्र परेका छन्। नजिकका होटलहरू पनि बाढीले क्षति पुर्‍याउँदा यात्रुहरूले खाना र पानी पाउनसमेत कठिनाइ भोगिरहेको गाडी चालकहरूले बताए।

यात्रुहरूले अहिलेसम्म कुनै पनि उद्धारकार्य नभएको गुनासो गरेका छन्। "बिरामीहरूको हेलिकोप्टरबाट उद्धार भएको भए बचाउन सकिन्थ्यो होला, तर समयमा उपचार नपाउँदा उनीहरूको ज्यान गयो," चालक तामाङले भने।

स्थानीय प्रशासनका अनुसार, आइतबार बिहानदेखि वर्षा कम भएकाले पहिरो पन्छाउने र नदीले कटान गरेका सडकका डाइभर्सनहरू बनाउन सुरु गरिएको छ। तर, सडक सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से