२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु, तीन दिनदेखि शव एम्बुलेन्समै

१३ आश्विन २०८१, आईतवार ०७:२५

असोज १३, काठमाडौँ । सिन्धुलीबाट बिरामी लिएर काठमाडौं जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमा रोकिंदा दुई बिरामीको मृत्यु भएको छ। सिन्धुली सदरमुकामबाट बिरामी बोकेर काठमाडौं तर्फ गएका पाँच एम्बुलेन्समध्ये दुईवटाका बिरामीले उपचारको अभावमा ज्यान गुमाएका हुन्।

सिन्धुलीको सुनकोसी गाउँपालिका–१, दुम्जा नजिकै बिपी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि एम्बुलेन्सहरू बिहीवारदेखि नै बीच बाटोमा रोकिएका थिए। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, ती बिरामीमध्ये सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लागाउँ निवासी करिब ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ निवासी ४५ वर्षीय मानबहादुर सिंजालीको मृत्यु भएको हो।


प्रहरीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले जानकारी दिए अनुसार, टीका कुमारी भुजेलको शुक्रबार र मानबहादुर सिंजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो। भुजेललाई रगतको कमी र दमको समस्या भएका कारण थप उपचारका लागि सिन्धुली अस्पतालबाट काठमाडौं लगिंदै थियो भने सिंजाली मृगौला पीडित थिए र उनलाई महोत्तरीको बर्दिवासबाट काठमाडौं लगिँदै थियो।

तीन दिनदेखि अलपत्र

बिपी राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्सका अन्य बिरामीहरूको स्वास्थ्य अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गएको छ। एम्बुलेन्सका चालक सुमन तामाङका अनुसार, पहिरोले बाटो अवरुद्ध भएपछि एम्बुलेन्सहरू बीचबाटोमै फसेका थिए, जसले गर्दा तीन दिनसम्म बिरामीको उपचार हुन नसकेर ज्यान गुमाउनुपरेको हो। मृत्यु भएका बिरामीका शवहरू लामो समयसम्म एम्बुलेन्समै रहँदा गनाउन थालेको उनले बताए।

"शव निकाल्न सकिएको छैन। बिरामीको त मृत्यु भयो, अब हामी आफैं पनि भोकप्यासले मर्ने डर छ," तामाङले भने। त्यस्तै, अर्का एम्बुलेन्स चालक उमेश आलेका अनुसार, एम्बुलेन्सका बिरामीहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा उनीहरूले ज्यान गुमाउनुपरेको छ। "पहिरोको जोखिममा पर्‍यौं। हामी बाँच्यौं, तर बिरामीलाई बचाउन सकेनौं," आलेले बताए।

बाढी र पहिरोले बिपी राजमार्गका दर्जनौं स्थानमा क्षति पुर्‍याउँदा एम्बुलेन्ससहित राजधानी जाने र फर्कने सयौं गाडीहरू पनि तीन दिनदेखि अलपत्र परेका छन्। नजिकका होटलहरू पनि बाढीले क्षति पुर्‍याउँदा यात्रुहरूले खाना र पानी पाउनसमेत कठिनाइ भोगिरहेको गाडी चालकहरूले बताए।

यात्रुहरूले अहिलेसम्म कुनै पनि उद्धारकार्य नभएको गुनासो गरेका छन्। "बिरामीहरूको हेलिकोप्टरबाट उद्धार भएको भए बचाउन सकिन्थ्यो होला, तर समयमा उपचार नपाउँदा उनीहरूको ज्यान गयो," चालक तामाङले भने।

स्थानीय प्रशासनका अनुसार, आइतबार बिहानदेखि वर्षा कम भएकाले पहिरो पन्छाउने र नदीले कटान गरेका सडकका डाइभर्सनहरू बनाउन सुरु गरिएको छ। तर, सडक सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल