२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान धुलिखेलको आकाशमाथि ठोक्किनबाट जोगिए

२०८१, १७ आश्विन बिहीबार १२:१८

असोज १७, काठमाडौँ | बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ किलोमिटर पूर्वतिर धुलिखेलको आकाशमाथि मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान ठोक्किनबाट जोगिएका छन्। तारा एयरको विमानमा रहेको टिकास (ट्राफिक कोलिजन अभोइडेन्स सिस्टम)ले सम्भावित ठोक्किनेबारे सूचना दिएपछि विमानका पाइलटको सतर्कताले ठुलो दुर्घटना टरेको हो।

तारा एयरको विमान लुक्लाबाट काठमाडौं अवतरणको क्रममा थियो भने मनाङ एयरको ९ एनएओई नम्बरको हेलिकप्टर उचाइमा तोकिएको सीमा उल्लंघन गर्दै ८,२२० फिटको उचाइमा पुगेको थियो, जबकी एटीसीले ७,५०० फिट उडान अनुमति दिएको थियो। टिकासले चेतावनी जारी गरेपछि तारा एयरका पाइलट पीएस नगरकोटीले विमानलाई ९,००० फिट उचाइमा पुर्‍याएर ठोक्किनबाट जोगाएका थिए।


हेलिकप्टर र विमानको होरिजेन्टल दूरी १ किलोमिटरभन्दा कम र भर्टिकल दूरी ३०० फिट मात्र थियो। यो 'हेडअन पोजिसन' मानिने खतरनाक अवस्था हो, जहाँ १,००० फिटको भर्टिकल दूरी हुनुपर्ने नियम छ।

मनाङ एयरका पाइलट पी चौलागाईंले बादलका कारण तोकिएभन्दा माथिको उचाइमा पुगेको जानकारी एयर ट्राफिक कन्ट्रोललाई गराएका थिए। हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले दूरी उल्लंघनको घटनामा कुनै कारबाही नगरेकोप्रति आलोचना भइरहेको छ।

यसअघि, कतार एयरलाइन्सको विमान र सिम्रिक एयरको हेलिकप्टर पनि त्रिभुवन विमानस्थल नजिक ठोक्किनबाट जोगिएका थिए, जसमा पनि टिकासले समयमै सूचना दिएर ठुलो दुर्घटना टरेको थियो।

विमानस्थलका अधिकारीहरुले प्राधिकरणको नियमनमा कमजोरी देखिएको र पाइलट तथा एटीसीका कर्मचारीहरू थकित भएर काम गर्दा यस्ता घटनाहरु दोहोरिएको बताउँदै सुधारको आवश्यकता औंल्याएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’