२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रकको ठक्करबाट वृद्धको मृत्युपछि विराटनगर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२०८१, १८ आश्विन शुक्रबार ०८:३९

असोज १८, विराटनगर | ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि विराटनगर तनानग्रस्त बनेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आईसीपी रोडमा आन्दोलन गरेका हुन् ।

उनीहरुले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । भिडलाई नियन्त्रण गर्न १० राउन्ड अश्रुग्यास समेत प्रहार गरिएको मोरङ प्रहरीका डीएसपी बेद जोशीले जानकारी दिए ।


बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर महानगरपालिका-१८ का ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्‍याए लगत्तै साहको मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरिसकेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक