२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने सरकारको तयारी

२०८१, १८ आश्विन शुक्रबार ०८:५३

असोज १८, काठमाडौँ | सरकारले अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संसद्को पूर्वाधार समितिमा अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो। मन्त्रालयका सचिव केशवकुमार शर्माले खुर्कोटको सिन्धुली रामेछाप जोड्ने पुलमा बेलिब्रिज जडान सुरु गरेको बताए। फोक्सिङटार पुलमा भने तत्काल बेलिब्रिज जडान गर्न नसकिने जानकारी दिए।


यो पुलमा ८० मिटरको बेलिब्रिज आवश्यक पर्ने तर सरकारसँग ५० मिटरको पुल मात्र भएका कारण त्यहाँ का लागि चाहिने पुल झिकाउनु पर्ने हुँदा समय लाग्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुल तथा सडक पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने बताए। 'सबैभन्दा धेरै समय बीपी राजमार्ग पुनर्निर्माणमै लाग्छ। १२ किमि सडक त नाम निशाना नै छैन,' उनले भने।

पूर्वमन्त्री प्रकाश ज्वालाले सडकमा अलपत्र परेका यात्रु उद्धारमा सरकारले ध्यान दिनुपर्ने बताए। 'गाडीभन्दा पनि मान्छेको उद्धार पहिले हुनुपर्‍यो। दसैँमा यात्रु सहज रूपमा घरजाने वातावरण बनाउनुपर्‍यो। तत्काल पुल बनाउन नसके पनि बेलिब्रिज लगाउनु पर्‍यो,' उनले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’