२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दशैंमा घर फर्किने यात्रुबाट बढी भाडा असुल्ने ६ जना पक्राउ

२०८१, १८ आश्विन शुक्रबार १०:२१

असोज १८, काठमाडौँ | दशैंमा घर फर्किने यात्रुसँग जथाभावी भाडा असुल गर्ने ६ वटा सवारी साधनसहित त्यसका चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ। 

पोखरा जाने दुई वटा माइक्रोबस तथा दमौली, लमजुङ र खैरेनी चल्ने सवारी साधनका चालकलाई नियन्त्रणमा राखिएको हो। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार पोखरा चल्ने ग१ख ४४९९ नम्बरको हायससहित आरुघाट गाउँपालिकाका डम्बरबहादुर आले मगर, सुन्दरबगर गाउँपालिकाका आयुष तामाङ, बा३ख ६१६५ नम्बरको हायससहित लिखु गाउँपालिकाका प्रकाश मगरलाई नियन्त्रणमा राखिएको छ। 

डम्बरबहादुर र आयुषले पोखराका लागि ७५० रुपैंया भाडादर रहे पनि डबल १५ सय असुल गरेका थिए भने प्रकाशले एक हजार रुपैंया लिएको प्रहरीले जनाएको छ। 

यसैगरी, दमौली चल्ने बा४ख११३ नम्बरको हायससहित मेग्दे गाउँपालिकाका राजु विक, बा२ख८२८७ नम्बरको लमजुङ चल्ने हायससहित भानु नगरपालिकाका मिलन बिकलाई पनि नियन्त्रणमा लिइएको छ। 

दमौलीका लागि ६५० रुपैंया भाडादर भए पनि एक हजार र लमजुङको ८ सय भाडा रहे पनि एक हजार असुल गरेको प्रहरीले पाएको छ। 

खैरेनीसम्मको भाडादर ६ सय रहे पनि एक हजार असुल गर्ने पालुङटार नगरपालिकाका दीपकबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको छ। उनले बा५ख १०७६ नम्बरको हायस चलाउने गर्छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा