११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०/२० लाख सहयोग

१८ आश्विन २०८१, शुक्रबार ११:४३

असोज १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकका तीनवटा स्थानीय तहलाई २०/२० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलाञ्चोकका तीन पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।


काभ्रेपलाञ्चोकका पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय भएको काठमाडौँ महानगरले जनाएको छ।

पालिकाहरूको सहयोगको मागपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगको सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई विपद् व्यवस्थापन कोषबाट सहयोग उपलब्ध गराइएको महानगरले जनाएको छ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले काभ्रेपलाञ्चोकका यी पालिकाहरूमा मानवीय र भौतिक क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै