2026-09-10 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

बाल क्लवको देउसी भैलो समापन

नमिन ढकाल/कात्तिक २१, इलाम । इलामको दक्षिणी गाविस दानाबारीमा रहेको गरुवा बाल क्लबले देउसी भैलो कार्यक्रम समापन गरेको छ । 

कार्यक्रम समापनको अवसरमा बाल क्लबले शैक्षिक समाग्रीको अभावमा विद्यालय जान नसकेकी स्थानिय ४ बर्षिया बालिका सृष्टि राईलाई व्याग, कापी, पेन्सिल लगायतको शैक्षिक सामाग्री प्रदान गरेको छ । साथै सोही समारोहमा वडा नागरिक मञ्च मार्फत बाल क्लबलाई खेलकुद र शैक्षिक सामाग्री समेत प्रदान गरियो । 

समाज परिर्वतनका लागी बाल क्लबले महत्वपुर्ण भुमिका खेलेको भन्दै वडा नागरिक मञ्च मार्फत भलिबल, नेट, ग्लोब, चार्ट, एटलस तथा स्थानिय व्यवसायी अम्बर घिमिरेले फुटबल प्रदान गरे । समापन समारोहमा देउसी भैलोका सहभागी बालबालिका, नृत्य प्रशिक्षक, कार्यक्रम संयोजकलाई कदर पत्र प्रदान गरिएको थियो । 

क्लबका अध्यक्ष अविशेक भेटबालको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथी वडा नागरिक मञ्चका संयोजक डम्बर बराइली, विशेष अतिथी श्री नेपाल एकाडेमीका संस्थापक प्रिन्सिपल तोयानाथ घिमिरे, अतिथीहरु समाजसेवी दिपक थेवे, रामकुमार प्रधान, गरुवा प्राविका प्रधानाध्यापक रामबहादुर मगरले मन्तव्य राखेका थिए । 

२०७२ मा स्थापना भएको गरुवा बाल क्लबले गत बर्ष देउसी भैलोबाट संकलित रकमबाट गरुवा प्राथमिक विद्यालयलाई २ थान वाइट बोड प्रदान गरेको थियो भने यस बर्षको रकमबाट सृष्टि राईलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । 

देउसी भैलोबाट संकलित रकम समाज रुपान्तरणका लागी सामाजिक कार्यमा खर्च गरिने क्लबका अध्यक्ष अविशेक भेटबालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु