१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा १५ स्थानीय तह माग

२७ कार्तिक २०७३, शनिबार ०२:०७

कातिक २७, भद्रपुर। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र ) र राप्रपा नेपाल सहित ११ राजनीतिक दलले झापा जिल्लामा १५ स्थानीय तह हुनुपर्ने मागसहित शुक्रबार स्थानीय विकास अधिकारी खेमराज ओझालाई ज्ञापनपत्र बुझाएका छन् । 

स्थानीय तह पुनःसंरचना आयोगले देशभरिमा ५६५ बाट ७४४ स्थानीय तह हुने पछिल्लो निर्णयअनुसार झापामा १६ वटा स्थानीय तह माग भइरहेका अवस्थामा ती राजनीतिक दलको सहमति एवम् प्रयासमा १५ वटा स्थानीय तह कायम हुँदा झापाको भूगोल सुहाउँदो, विपन्न, पिछडावर्ग, लोपोन्मुख जाति, जनसङ्ख्या, जातिक, भाषिक, सांस्कृतिक र ऐतिहासिक दुष्टिकोणले पनि राम्रो हुने ज्ञापनपत्रमा उल्लेख छ । 

दमक नगरपालिकालाई उपमहानगरपालिकामा परिणत गर्नुपर्ने माग ती दलको छ । राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी एवम् स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिबीच सहमति गर्नुपर्ने भएकाले छलफलमा आउन समितिका संयोजक खेमराज ओझाले आग्रह गर्नुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक