Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 14, 2016 इलाम - ILM, समाज

स्नातक तह सञ्चालन गर्न देउसी खेलेर नौ लाख सङ्कलन

By kit 3 मिनेट पढाइ

कात्तिक २९, इलाम । कोल्बुङ गाविसको शान्ति निकेतन माध्यमिक विद्यालयले स्नातक तहको पढाइ सञ्चालन गर्न देउसी भैलो खेलेर रु नौ लाख सङ्कलन गरेको छ ।

शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले विद्यालय आसपासका क्षेत्रमा देउसी खेलेर आर्थिक स्रोत सङ्कलन गरेको हो । विद्यालयका संस्थापक सोमदत्त अर्यालले सबैभन्दा बढी रु ५० हजार सहयोग गर्नुभएको विद्यालयका शिक्षक हेमन्त आचार्यले जानकारी दिनुभयो ।

तारगाउँ, हर्कटे, चिण्डे, प्युरे, कोल्बुङ र कुटीडाँडामा देउसी भैलो खेलेको विद्यालयले जनाएको छ । क्याम्पसको पढाइ सुरू गर्न थप रकम सङ्कलन गर्न गाउँगाउँमा सहयोग समिति बनाइएको छ ।

स्थानीय सहयोग समितिले रकम विद्यालयमा बुझाएपछि रकम अझै बढ्ने छ । तर देउसी खेलेको रकमले मात्रै स्नातक तह थाल्नका लागि चाहिने रकम नपुग्ने भएकाले विद्यालयले दातालाई सहयोगका लागि समेत आग्रह गरेको छ ।

पछिल्लो पटक माध्यमिक तहको नतिजाअनुसार जिल्लामा नै पहिलो सामुदायिक विद्यालय बन्न सफल शान्ति निकेतनमा स्नातक सुरू भए फिक्कल, कन्याम, श्रीअन्तु समाल्बुङ, जिर्मले, इरौँटार र शान्तिपुरलगायतका विद्यार्थीलाई सहज हुन्छ ।

स्नातक तह सञ्चालनका लागि विद्यालयले अन्य वैकल्पिक स्रोतको समेत खोजी गर्न थालेको छ । विद्यालयको नाममा कोल्बुङमा रहेको ५६ रोपनी जग्गा आम्दानीको लागि लिजमा दिने तयारी गरेको छ । रासस