कृष्ण कँडेल/मङ्सिर ८, बागलुङ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका वालवालिकाले आवासिय बसाई सँगै पढा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/मङ्सिर ८, बागलुङ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका वालवालिकाले आवासिय बसाई सँगै पढा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा अपाङ्गता बालवालिकालाई पढ्ने अवसर

८ मंसिर २०७३, बुधबार ११:३८


कृष्ण कँडेल/मङ्सिर ८, बागलुङ । पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका वालवालिकाले आवासिय बसाई सँगै पढाई लेखाईको अवसर पाएका छन् । 

गत बर्ष मंसिर १८ गते अन्तराष्ट्रिय अपाङ्गता विवश देखि सुरु भएको कक्षामा अहिले यस क्षेत्रका १९ जना बालवालिकाले पढ्दै आएका छन् । जिल्ला शिक्षा कार्यालय बागलुङले उत्तरगंगा मावि बुर्तिबाङको माताहत रहने गरि विद्यालयकै हातामा कक्षा सञ्चालनको अनुमती दिएको छ । 

भवन, फर्निचर र शैक्षिक सामग्रीको व्यवस्थान भएपछि एक बर्ष अघि बौद्धिक अपाङ्गता विशेष कक्षा सुरु गरिएको थियो । यहाँ अहिले बौद्धिक, शारिरीक तथा बहुअपाङ्गता भएका बालबालिका पनि रहेका छन् । 

प्लान ईन्टरनेशनल नेपालको १३ लाख ५३ हजार १३९ आर्थिक सहयोग र उत्तरगंगाा माविको ५ लाख ४१ हजार  ३५४ रुपैयाँ लागतमा विशेष कक्षाका लागि भवन निर्माण भएको छ । प्लानले फर्निचरका लागि २ लाख २ हजार ४९६ रुपैयाँ र शैक्षिक सामग्री खरिद र निर्माणको लागि ६७ हजार ६८६ रुपौयाँ प्रदान गरेको थियो । 

आफ्नो शारिरीक अपाङ्गता भएका १२ बर्षिय छोरालाई विशेष कक्षामा राखेकी ग्वालीचौरकी सरिता घिमिरेले अपाङ्ता कक्षा सुरु भएपछि छोराको पठन पाठन र रेखदेख हुँदै आएको भन्दै खुसि व्यक्त गरिन् । 

‘बच्चाको नियमित हेरचाहका लागि एक जनाले छोड्न मिल्थेन’, घरमा एक्लै हुदाँ त उसलाई हेर्नेकी अरु काम गर्ने झनै समस्या हुन्थ्यो ।’ घिमिरेले भनिन्, बेला–बेलामा भेट्न जान्छु, अहिले त धेरै सजिलो भएको छ ।’ उनले विशेष कक्षा व्यवस्थापनका लागि आर्थिक अभाव रहेकाले निरन्तर कक्षा सञ्चालन हुन्नकी भन्ने चिन्ताले आफुलाई सताउने गरेको बताईन् ।  


त्यहाँ १६ बर्ष मुनिका बौद्धिक, सारिरीक तथा बहुअपाङ्गता भएका वालवालिकाले पढ्दै आएका छन् । उनिहरुलाई आनिवानी तथा व्यवहारमा सुधार, साथीविच रमाएर खेल्ने वातावरण सहित अक्षर चिनाउने गरिएको शिक्षक कल्पना भट्टराईले बताईन् । 

‘हामीले पारिवारिक अनुभुती दिलाउँदै खेल खेलाएर नानीहरुको व्यवहारमा सुधार गर्ने प्रयास गर्छौं ।’ भट्टराईले भनिन्, ‘गित गाएर पनि रमाईलो गराउँछौँ ।’ 

उनले बच्चाहरुलाई अवसर पाए हामीले पनि गर्नसक्छौँ, भन्ने आत्मविश्वास बढाउन प्रेरित गरिने बताईन् । ‘हामी कमजोर छौँ भनेर नानीहरुले हिनतावोध गर्छन् ।’ उनले थपिन्, ‘यो सोचलाई हटाएर बालवालिकामा अवसर पाए हामीले पनि गर्नसक्छौँ भन्ने विश्वास बढाउने हाम्रो प्रयास हुन्छ ।’      

समुदायकै सक्रियतामा सुरु गरिएको विशेष कक्षा शिक्षणका लागि अहिले एक शिक्षिका, एक भान्छे र एक जना बच्चाहरुलाई रेखदेखि गर्ने कर्मचारी रहेका छन् 

यसअघि कुनै प्रकारको सरकारी र अन्य अनुदान नभएका कारण तिनै जनाले स्वयंसेवि रुपमा काम गर्दै आएका थिए । गत आर्थिक बर्षदेखि जिल्ला शिक्षा कार्यालयबाट पनि अनुदान आउन थालेकाले अव सरोकारवालासँग छलफल गरेर उनिहरुलाई पनि तलब भत्ताको व्यवस्था गरिने उत्तरगंगा माविका प्रधानाध्यपक धनबहादुर कुँवरले जानकारी दिए । जिशिकाबाट गत बर्ष १ लाख २५ हजार रुपैयाँ प्राप्त भएको प्रअ कुँवरले बताए । 

‘अनुदान नहुँदा सहयोगदाताबाटै रकम जुटाएर खर्च व्यवस्थान गथ्र्यौं ।’ विशेष कक्षाका पहलकर्ता तथा जिल्ला अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरले भने, ‘पैसा नहुँदा उधारोमा हामी आफै नै जिम्मेवार भएर चामल, दाल तरकारी किनेरै यिनलाई खुवाएका छौँ ।’ उनले चरम आर्थिक अभावमा पनि शिक्षक कर्मचारीले स्वयंसेवा गरेर ठुुलो योगदान गरेको बताए । 

भवन निर्माण समितिको अध्यक्ष समेत रहेका उनले बालबालिकाको बसाई व्यवस्थान, पठन पाठन, शिक्षक कर्मचारीको तलब भत्ता र आवासिय बसाई व्यवस्थापन गर्नै पर्ने अवस्था रहेकाले अझै रकम अभाव रहेको बताए । 

ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीको अगुवाइमा गत कात्तिकमा स्थानिय दाताबाट २३ हजार ५०० रुपैयाँ जुटाएर भवनको झ्यालमा ग्रील राखिएको थियो । अन्य खर्च समेत दाताकै भरमा चलाउने गरिएको छ । 

उत्तरगंगा माविको विद्यालय व्यवस्थान समिति र प्रधानाध्यापकले नै सवै कुरा हेर्नुपर्ने समग्र व्यवस्थान प्रभावकारी हुन नसकेको अघिकारकर्मीले बताएका छन् । उनिहरुले उत्तरगंगा माविमा विद्यालय व्यवस्थान समिति सक्रिय नरहेको र प्रधानाध्यापकको व्यस्तताले बिशेष कक्षा व्यवस्थापन चुस्त हुन नसकेको बताउँदै आएका छन् ।े ‘बिषेश कक्षाको लागि मात्र हेर्ने गरि छुट्टै व्यवस्थान समिति गठन गरेर व्यवस्थानलाई चुस्त बनाउने सोच बनाएका छौँ ।’ अपाङ्गता सरोकार मञ्च बुर्तिबाङका अध्यक्ष चुडामणी भुषालले भने, ‘यसका लागि मातृ विद्यालय र जिल्ला शिक्षा कार्यालयसँग पनि छलफल गर्दैछौँ ।’ उनले आफ्नै व्यवस्थान समिति भए व्यवस्थापन चुस्त हुने बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य