2026-09-10 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रकोप व्यवस्थापनका रेडक्रसको सहयोग

मङ्सिर १२, इलाम । नेपाल रेडक्रस सोसाइटी इलाम शाखाले जीतपुर र सिद्धिथुम्का गाविसमा दुई वर्षदेखि सञ्चालन गरिरहेको सामुदायिक उत्थानशील परियोजनाअन्तर्गत प्रकोप व्यवस्थापनका लागि रु ५५ लाख दिने भएको छ । 

परियोजना अधिकृत इन्द्र चापागाईंले आगामी वर्ष सन् २०१७ मा स्वास्थ्य सरसफाइ, विपद् व्यवस्थापन, जीविकोपार्जनलगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरेको जानकारी दिनुभयो । 

फिनिस रेडक्रसको सहयोगमा सञ्चालित उक्त परियोजनामा सन् २०१५ मा रु ३४ लाख र सन् २०१६ मा रु ४५ लाख दुवै गाविसमा खर्च भएको थियो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवीप्रसाद गौतमले विगत दुई वर्षमा दुवै गाविसका नौवटै वडामा विपद् व्यवस्थापन समितिमार्फत कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । 

उहाँले जीतपुर सिद्धिथुम्कामा एक एक खानेपानी योजना निर्माण, विद्यालय शौचालय निर्माण, विपद् जोखिम न्यूनीकरणका गतिविधिहरू पूर्ण सरसफाइ प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम सञ्चालन भएको बताउनुभयो । 

सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत रुद्र अधिकारीले सन् २०१७ मा चेतना अभिवृद्धि कार्यक्रमका साथै निर्माणका कार्यक्रमलाई निरन्तरता दिँदै निर्माणलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो । 

उक्त कार्यक्रममार्फत गाविसमा विपद् उद्धार सामग्री उपलब्ध गराइने र त्यसको परिचालनका लागि जनशक्ति तयार गरिने रेडक्रस इलाम शाखाले जनाएको छ । 

गाविसस्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् गाविसका सचिव युवराज घोर्साइले विपद् व्यवस्थापनका लागि गाविसस्तरीय योजना तयार गरी कार्यान्वयन गर्ने र गाविसमा कार्यरत विभिन्न गैरसरकारी कार्यालयका गतिविधिलाई समन्वयात्मक रूपमा सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु