2026-06-20 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पेसा–व्यवसाय जातले भन्दा सीप र क्षमता भएकाले गर्नुपर्छ

2016-11-27

गोपालप्रसाद पोखरेल/मङ्सिर १२, मोरङ । सीप भए न जात न धर्म । स्वदेशमा गर्न सकिन्छ पेसा कर्म । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई गलत सावित गर्दै उर्लाबारी–४ का हेमन सिंह (लिम्बू) २२ वर्षयता सिलाइ कटाइमा रमाइरहनुभएको छ । 

उहाँका धेरै समकालीन सङ्गीहरू लाहुर लागे । कोही वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, हङ्कङ पुगेका छन् । कोही युरोप अमेरिका पुगेर उतै भुलेका छन् । नेपालमै सरकारी जागिर खाँदै गरेकाको सङ्ख्या पनि कम छैन । तर, हेमन भने वन चरी वनमै रमाउँछ भने झैँ हातमा भएको सिलाइ कटाइको अब्बल सीप बेचेर स्वदेशमै अर्थोपार्जन गर्नमा व्यस्त हुनुहुन्छ । 

कक्षा ७ मा पढ्दै गर्दा २३ वर्षअघि घरायसी कामले भारतको दार्जिलिङ पुग्नुभएका हेमनले उतै आफन्तकोमा बसेर सिलाइँको काम सिक्नुभयो । तीन वर्ष सीप सिकेर नेपाल फर्कंदा साथीभाइ कोही कलेज पढ्ने, कोही ट्युसन पढाउनेतिर व्यस्त भइसकेका थिए । त्यो दृष्य देखेपछि उहाँलाई बूढो भएर फेरि स्कुल जान मन लागेन । त्यसैले सिलाइ मेसिन, कैँची र स्केलमा आफ्नो भविष्य कोर्न तल्लिन हुनुभयो । 

मध्यम वर्गीय परिवार । उसबेला दर्जी (दमार्इं) बाहेक अरु जातिले लुगा सिलाएको न परिवारले मन पराउँथ्यो, न समाजले लुगा सिलाउन नै लगिदिन्थ्यो । बालीघरे प्रथाका कारण हेमनले स्थापित हुन ठूलै सङ्घर्ष गर्नुप¥यो । भन्नुहुन्छ – “आफन्तहरू मात्र होइन, छिमेकीले पनि होच्याउने, खिसी गर्ने गरे । 

धेरै त लिम्बूको छोरो, लाहुर लाग्नु नि गज्जवको जीउ छ भन्थे ।” हरेकलाई ईश्वरले एउटा–एउटा काम गरी खाने सीप दिएका हुन्छन् भन्ने लाग्यो हेमनलाई । “अरुले जे जे भने पनि हातमा सीप, मनमा आँट र इच्छा शक्ति भएकाले सिलाइ कटाइ सेन्टर खोलेँ, हेमनले सुनाउनुभयो । 

बाइस वर्षपछि अहिले हेमनको ‘कामना टेलर्स’मा कामको चाप थेग्नै गाह्रो छ । सर्ट सुटमात्र होइन । सिलाइसम्बन्धी कुनै पनि काम लिएर जानेहरू हेमनकोबाट फर्कनु पर्दैन । पुरुष महिलाले लगाउने सबैखाले पोसाक सिउने सीप उहाँमा छ । हाल हेमनको कारखानामा पाँचजना कामदारले रोजगारी पाएका छन् । 

उर्लाबारीको व्यस्त बजारमा भारतीय मूलका टेलर्स सञ्चालकसँग प्रतिस्पर्धा गर्नु चानचुने कुरा होइन, तर पछिल्लो समय नेपाली दर्जी र अन्य जातिका नेपालीले पनि सिलाइ व्यवसाय गर्न थालेपछि लाखौँ रुपैयाँ भारत जाने क्रम रोकिएको छ । 

हेमनको हाल मासिक कमाइ सबै खर्च कटाएर न्यूनतम रु ४० हजार हुन्छ । विवाहको मौसममा रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको हेमनले बताउनुभयो । भन्नुहुन्छ – “सबैले दुई चार पैसा कमाउनका लागि काम गरेका हुन् । विदेश गएका हुन् । जागिर खाएका हुन् । 

म मेरो कामप्रति सन्तुष्ट छु ।” हिजो नबुझेर खिसी गर्नेहरू सबैले सम्मान गरेका छन् । पेसा–व्यवसाय जातले होइन, सीप र क्षमताले गर्ने हो भन्ने बुझेपछि अहिले उर्लाबारी क्षेत्रमा लिम्बू मात्र होइन सो क्षेत्रकै राजकुमार पोखरेल, उमेश बर्मा, धीरेन्द्र कार्की, रञ्जीत गुप्ता सबै खर्च कटाएर न्यूनतम रु ४० हजार कमाउने गरेको बताउँछन् । 

सो क्षेत्रमा विभिन्न जातिले व्यावसायिक सिलाइ कटाइ सेन्टर सञ्चालन गरेर अर्थोपार्जन गरिरहेका छन् । जसले गर्दा भारतीय कालिगढहरू क्रमशः विस्थापित भइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ