२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अाैधाेगिक व्यापार मेलामा नाच्नेहरूकाे लागि ग्यास बम्पर उपहार

१७ फाल्गुन २०७२, सोमबार ०७:५९

शिव न्याैपाने/फागुन  १७, पोखरा ।
पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा नाच्नेहरुले यो पटक ‘बम्पर
उपहार’ पाउने भएका छन् । मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले मेलाको साँस्कृतिक कार्यक्रम अन्तर्गत
लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट नृत्य गर्नेलाई गृहलक्ष्मी ग्याँस नै उपहार दिन लागेको हो ।

‘हामीले यसपटक गृहलक्ष्मी ग्याँससँगको सहकार्यमा मेला अन्तर्गत
फागुन २२,२५,२८ र ३० गतेका दिन उत्कृष्ट नाच्ने एकजनालाई गृहलक्ष्मी ग्याँसको भरिएको ग्याँससहितको
सिलिण्डर उपहार दिने भएका छौँ’, मेला साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले भने,‘ पुरस्कार
पाउनेले मेला प्रवेशको लागि काटेको टिकटको अर्धकट्टी भने देखाउनु पर्नेछ ।’ बजारमा खाना पकाउने एलपी
ग्याँसको अभाव भएकै बेला सामाजिक उत्तरदायित्व बहन गर्दै संघले यस्तो उपहार योजना अगाडि सारेको उनले
बताए । पोखराको नयाँबजारमा फागुन २१ गतेदेखि चैत १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना
हुँदैछ ।

मेलाको उद्घाटन नजिकिँदै गर्दा साँस्कृतिक
उपसमितिले तयारीलाई समेत अन्तिम रुप दिन लागेको छ । सो समितिको संयोजकमा कार्यसमिति सदस्य समेत रहेका
खड्का र सदस्यहरुमा कार्यसमिति सदस्य अर्जुन पोखरेल,पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियनका अध्यक्ष
माधवप्रसाद पौडेल, मेनकाजी गुरुङ, मिलन सुवेदी,पुरुषोत्तम पराजुली, परमेश्वर बराल, सुरेश श्रेष्ठ, डिआर
पोखरेल, हरिहर सापकोटा, काशी सुवदी सदस्य रहेका छन् । समितिको सल्लाहकारमा संघका पूर्व अध्यक्ष
कृष्णमोहन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नारायण कोइराला, गृहलक्ष्मी ग्याँस
कम्पनीका अध्यक्ष धर्म बर्तौला, लोकदोहोरी प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली र लोकदोहोरी
प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेल सदस्य रहेका छन् ।

मेलाको अवसरमा फागुन २४ गते सातवटा विभिन्न देशका समूहले साँस्कृतिक प्रस्तुति समेत
दिनेछन् । स्टोनिया, मेक्सिको, श्रीलंका,इण्डोनेसिया, बंगलादेश र भारतको पञ्जाव र गुजरातको साँस्कृतिक
टोलीको प्रस्तुति बेजोड हुने आयोजकको अपेक्षा रहेको छ । जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी
प्रतियोगिता अन्तर्गत पाल्पा, धादिङ, बाग्लुङ, पर्वत, म्याग्दी, गोर्खा, तनहुँ, कास्की र लेखनाथको टोली
रहने साँस्कृतिक उपसमिति संयोजक खड्काले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म