२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अाैधाेगिक व्यापार मेलामा नाच्नेहरूकाे लागि ग्यास बम्पर उपहार

२०७२, १७ फाल्गुन सोमबार ०७:५९

शिव न्याैपाने/फागुन  १७, पोखरा ।
पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा नाच्नेहरुले यो पटक ‘बम्पर
उपहार’ पाउने भएका छन् । मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले मेलाको साँस्कृतिक कार्यक्रम अन्तर्गत
लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट नृत्य गर्नेलाई गृहलक्ष्मी ग्याँस नै उपहार दिन लागेको हो ।

‘हामीले यसपटक गृहलक्ष्मी ग्याँससँगको सहकार्यमा मेला अन्तर्गत
फागुन २२,२५,२८ र ३० गतेका दिन उत्कृष्ट नाच्ने एकजनालाई गृहलक्ष्मी ग्याँसको भरिएको ग्याँससहितको
सिलिण्डर उपहार दिने भएका छौँ’, मेला साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले भने,‘ पुरस्कार
पाउनेले मेला प्रवेशको लागि काटेको टिकटको अर्धकट्टी भने देखाउनु पर्नेछ ।’ बजारमा खाना पकाउने एलपी
ग्याँसको अभाव भएकै बेला सामाजिक उत्तरदायित्व बहन गर्दै संघले यस्तो उपहार योजना अगाडि सारेको उनले
बताए । पोखराको नयाँबजारमा फागुन २१ गतेदेखि चैत १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना
हुँदैछ ।

मेलाको उद्घाटन नजिकिँदै गर्दा साँस्कृतिक
उपसमितिले तयारीलाई समेत अन्तिम रुप दिन लागेको छ । सो समितिको संयोजकमा कार्यसमिति सदस्य समेत रहेका
खड्का र सदस्यहरुमा कार्यसमिति सदस्य अर्जुन पोखरेल,पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियनका अध्यक्ष
माधवप्रसाद पौडेल, मेनकाजी गुरुङ, मिलन सुवेदी,पुरुषोत्तम पराजुली, परमेश्वर बराल, सुरेश श्रेष्ठ, डिआर
पोखरेल, हरिहर सापकोटा, काशी सुवदी सदस्य रहेका छन् । समितिको सल्लाहकारमा संघका पूर्व अध्यक्ष
कृष्णमोहन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नारायण कोइराला, गृहलक्ष्मी ग्याँस
कम्पनीका अध्यक्ष धर्म बर्तौला, लोकदोहोरी प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली र लोकदोहोरी
प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेल सदस्य रहेका छन् ।

मेलाको अवसरमा फागुन २४ गते सातवटा विभिन्न देशका समूहले साँस्कृतिक प्रस्तुति समेत
दिनेछन् । स्टोनिया, मेक्सिको, श्रीलंका,इण्डोनेसिया, बंगलादेश र भारतको पञ्जाव र गुजरातको साँस्कृतिक
टोलीको प्रस्तुति बेजोड हुने आयोजकको अपेक्षा रहेको छ । जिल्ला उद्योग वाणिज्य संघस्तरीय लोकदोहोरी
प्रतियोगिता अन्तर्गत पाल्पा, धादिङ, बाग्लुङ, पर्वत, म्याग्दी, गोर्खा, तनहुँ, कास्की र लेखनाथको टोली
रहने साँस्कृतिक उपसमिति संयोजक खड्काले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक