१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

साहासिक खेलकुदको राजधानि पोखरामा जारी प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्ला

१७ फाल्गुन २०७२, सोमबार ०८:००

पाेखरा ,फागुन १७
शिव न्याैपाने

२०१६ अन्र्तगत आइतबार खराव मौसमका कारण ढिलै भए पनि सुरु भयो । उक्त प्रतियोगिता अन्र्तगत
आइतबार भने खराव मौसमका कारणले गर्दा विहान १० बजे हुने प्रतियोगिता दिउसो २ बजे पछि मात्र सुरु भएको
आयोजक नेपाल हवाई खेलकुद संस्था(ना) का अध्यक्ष योगेश भट्टराईले बताए ।

नेपालपर्यटन
वोर्डको प्रवद्र्घनमा शनिबार देखि पोखरामा उक्त प्रतियोगिता सुरु भए पनि आईतबार देखिको खेलको अङक मात्र
जोडिने भएको भट्टराईले जनाए । आइबतार विहानै पोखरा क्ष्ोत्रमा पानी परेर पनि आकास खुल्न नसके पछि सधै
जसो विहान १० बजे पछि सुरु हुने प्याराग्लाईडीङ प्रतियोगिता आइृबतार भने २ बजे पछि मात्र सुरु भएको
प्राविधिक संयोजक रविन गुरुङले बताए । उनका अनुसार आइतबार प्रतियोगिहरुको लागि ४४ किलोमिटरको दुरी
निर्धारण गरीएको थियो । सराङकोट क्षेत्रको आकास हुदै नौडाडाँ सम्मको आकासको क्षेत्रलार्ई प्रतियोगिहरुले
आफ्नो उडान गरी खपौदीमा अवतरण गरेका हुन ।

आईतबार ढिलो खेल सुरु भएको कारणले गर्दा
आइृतबारको खेलमा कुन प्रतियोगिले कति अंक ल्यायो भन्ने कुराको तथ्याङक ग्लोवल पोजीजनीङ सिस्टम
(जिप्ीाएस) को आधारमा कम्पुटरबाट हेर्नु पर्ने भएकोले गर्दा पनि समयमै यसको नतिजा दिन नसकेको प्राविधि
संयोजक गुरुङले जनाए । आईतबार दिउसो करीब १ बजे पनि विस्तारै मौसम खुलेर घाम लाग्न थाले पछि दुई बजे पछि
मात्र खेल सुरु भएको हो । प्याराग्लाईडीङको लागि राम्रोसंग घाम लागेको मौसममा प्याराग्लाईडीङ गर्दा निकै
उत्तम मानिन्छ । यही फागुन २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत शनिबार अभ्यास खेल
(प्राक्टीस–डे) को रुपमा सराङकोट क्षेत्रमा प्याराग्लाईडीङ पाईलटहरुले आकासमा उडान भरेका थिए । आइृतबार
देखि प्रतियोगिहरुको टाक्सको अंकजोडिने भएको छ भने फागुन २२ गतेलाइ रिजर्व डेको रुपमा रहेको अध्यक्ष
भट्टराईले बताए । अघिल्ला दिनमा मौसम खरावी भएको अबस्थामा रिजर्व डेलाई अंक जोडिने गरी प्रतियोगिता हुने
भएको छ । पाईलटहरुले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी फेवातालको आकास हुदै खपौदीमा अवतरण गर्दै
छन ।

प्रतियोगितामा २६ राष्टका प्याराग्लाईडीङ पाईलटहरु सहभागि भएको ना का सचिव एवं
प्रि—वल्र्ड कपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । प्रतियोगितामा एक सय प्याराग्लाईडीङका पाईलटहरु
सहभागि हुदैछन । प्रतियोगितामा विदेशी ५ जना महिला सहित ८० जनाविदेशी पाईलटहरु सहभागि हुदै छन भने २०
जना नेपाली पाईलटहरु सहभागि भएको नाका उपाध्यक्ष सोवित वानियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’