मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन"/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी

२२ मंसिर २०७३, बुधबार १२:५४

मोहम्मद ईजहार शेष | मंसिर २२, परासी । नवलपरासीको सिमावर्ति गाविस ठुलो खैरटवांमा सञ्चालित जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् । गाविस स्तरीय बाल क्लब ठुलो खैरटवां बाल सञ्जाल नेटवर्कको आयोजना तथा ठुलो खैरटवां गाविस कार्यालयको सहयोगमा सञ्चालन गरीएको उक्त अभियान मंसिर १० गतेवाट सुरु भएको थियो ।

बाल बालिकाको विदा भएको दिनलाई मध्यनजर गर्दै सञ्चालन गरिएको सो अभियानको अवधिमा  १ सय ५० जनालाईल घरमै गई जन्मदर्ता बनाइएको गाविस सचिव जिवन पौडेलले जानकारी दिनुभयो । जिल्लाको सिमावर्ति क्षेत्र भएको सो गाविसमा जन्मदर्ता सम्बन्धि सर्वसाधरणमा पर्याप्त जनचेतना नभएकाले उक्त अभियान सञ्चालन गरिएको सचिव पौडेलले बताउनु भयो । सो अभियानमा २० वर्ष पुगिसकेको तर जन्मदर्ता नलिएकाहरु पनि पाईएको र उनिहरुलाई घरमै गई जन्मदर्ता बनाईएको गाविसले जनाएको छ । सो क्षेत्रका कत्तिपयले नागरिकता बनाउने समयमा जन्मदर्ताको आवश्यक्ता मुहशुस गर्दै समेत जन्मदर्ता लिन जाने गरेका छन् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान अन्तर्गत गाविसको ठुलो खैरटवा वडा नम्बर २ र ३ खोकरपुरामा सबैभन्दा बढि जन्मदर्ता वितरण गरिएको ठुलो खैरटवा बाल सञ्जालका अध्यक्ष महेन्द्रू पाशीले बताउनु भयो ।

जनचेतनाको कमि भएकाले कत्तिपय परिवारहरुले विवाहदार्त नबनाई नै छोराछोरीको जन्मदर्ता बनाउन आउने गरेकाले उनिहरुको पहिला विवाहदर्ता बनाई जन्मदर्ता बनाउने गरिएको गाविस सचिव जिवन पौडेलले बताउनु भयो । समयमा जन्मदर्र्ता बनाउनाले विभिन्न गाविसको योजना प्रभावकारी हुने र राष्ट्रिय जनगणनामा पनि सत्यतथ्य डाटा उपल्बध हुने भएकाले विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन मद्यत समेत पुग्दछ् । जन्मदर्ता सम्बन्धि घरदैलो अभियान निशुल्क रहेको र समयमै जन्मदर्ता बनाउनुका फाईदाका बारेमा सर्वसाधरणलाई जानकारी समेत गराईएको गाविस सचिव पौडेलले बताउनु भयो । अभियानमा गाविस सचिव , बाल सञ्जालका पदाधिकारी , सम्बन्धि वडाका राजनितिक पार्टि प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थित हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो