जिल्लाको बुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाको बुर"/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शिक्षामा पहुँचका लागि विद्यार्थीको अभियान

२८ मंसिर २०७३, मंगलवार ०७:५९

कृष्ण कँडेल, मंसिर २८, बागलुङ । अपाङ्गता भएका बालबालिको शिक्षामा पहुँच विस्तारका लागि विद्यार्थीले आर्थिक सहायता अभियान सुरु गरेका छन् । 

जिल्लाको बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयकै मातहतमा रहेको अपाङ्गता विशेष कक्षामा पढ्ने वालबालिकाको लागि सुरु गरेको अभियानमा ३० हजार रुपैयाँ सहयोग जुटेको छ । 

अपाङ्गता कक्षा सञ्चालनमा आर्थिक अभाव भएपछि कक्षा १०, ११ र १२ मा पढ्ने विद्यार्थीले थालेको सहायता अभियानमा स्थानिय दाताले ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म सहयोग गरेका छन् । एक लाख जुटाउने लक्ष्य रहेको अभियानका संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए । 

‘अपाङ्गता भएका जो कसैलाई हाम्रो समाजमा कमजोर ठानिन्छ ।’ विश्वकर्मांले भने, ‘उचित वातावरण र अवसर भए उनिहरुले पनि आफ्नो जीवन सजिलैसँग जीउन सक्छन्, समाजका लागि पनि योगदान गर्न सक्दछन् ।’ उनले कक्षा सञ्चालनमा आर्थिक अभाव भएको थाहा पाएपछि विद्यार्थीहरुले बनाएको अनुसान समितिमा छपलफल गरेर सहयोग जुटाउने अभियान सुरु गरिएको बताए । 

यसरी संकलित रकमबाट अपाङ्गता वालबालिकाको लागि खाद्यान्न, शैक्षिक सामग्री, कक्षा व्यवस्थापनको गर्ने योजना रहेको छ । 

विद्यालयमा रहेको विद्यार्थी अनुसान समितिले तिन वटा कक्षाका ४ सय विद्यार्थीले समेत जनहि १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ । विद्यार्थीले अभियान सुरु गरेपछि शिक्षकले पनि जनहि १ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।    

सहायता जुटाउन विद्यालयका प्रधानाध्यापक धनबहादुर कुँवर, शिक्षक अभिभावक संघ संयोजक धनबहादुर खत्री, अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरले पनि सहयोग गरेका छन् । 

प्रधानाध्यापक धनबहादुर कुँवरले भने, ‘अपाङ्गता भएकासँग पनि फरक क्षमता हुन्छ भन्ने कुरा नेपालकै साहित्यकार झमक घिमिरेले पुष्टि गर्नुभएको छ, अवसर दिन सक्यौँ भने हाम्रा यि वालवालिकाले पनि त्यस्तै काम गरेर देखाउन सक्छन् ।’

उनले दुर्गम गाउँका वालवालिकालाई शिक्षा दिन सुर गरिएको विशेष कक्षाका लागि आर्थिक अभाव भएका बेला विद्यार्थीले सुरु गरेको सहायता अभियान प्रसंसनिय रहेको बताए । 

समुदायकै सक्रियतामा प्लान नेपाल र विद्यालयको रकमबाट भवन निर्माण गरि गत बर्ष देखि सञ्चालन गरिएको कक्षामा दुर्गम गाउँका १९ जना वालवालिकाले अध्ययन गर्दै आएका छन् । 

कक्षा सञ्चालन भएपछि शिक्षाको पहुँच नपुगेका अपाङ्गता भएका बालबालिकाले गाउँमै पढ्ने अवसर पाएपनि कुनै अनुदान नहुँदा निरन्तरता दिन समस्या भएको समाचार सञ्चार माध्यममा प्रकाशन–प्रशारण भएपछि यसप्रती चासो बढेको हो । 

विशेष कक्षाका लागि विभिन्न संघसंस्थाका प्रमुखले पनि संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल