३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनसरोकार मञ्चद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

३ बैशाख २०७३, शुक्रबार ०६:२१

बैशाख ३, पोखरा । जनसरोकार मञ्च कास्कीले अर्थमन्त्री विष्णु
पौडेललाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।
पोखरा आएका अर्थमन्त्रीलाई भेटेर
जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले ज्ञापन पत्र बुझाएका हुन ।
यसअघि चैत ३ गते
प्रधानमन्त्री के.पी शर्मा ओलीलाई पनि सो ज्ञापन पत्र बुझाईएको थियो ।

pokhara
४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा सम्वन्धी सुझावहरु ज्ञापन पत्रमा समावेश गरिएको छ।
सुझावहरुले यस क्षेत्रकोे आवश्यकता र अपेक्षा पुरा गर्न सहयोगीको भुमिका खेल्ने विश्वास लिइएको छ

मञ्चले फागुन ३० गते पोखरामा प्राध्यापक, अर्थविद्, स्थानीय नेता, व्यवसायी र पत्रकारहरुवीच ४
नम्बर प्रदेशको आवश्यकता र अपेक्षाका विषयमा छलफल गरी सुझाव संकलन गरेको थियो ।

ज्ञापन पत्रमा
पोखरालाई ४ नं. प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यक बजेट विनियोजन गर्न,
नागरिकको क्षमता अबिबृद्धि गर्दै यस प्रदेशको आयस्रोत बढाउन, आर्थिक क्रियाकलाप बृद्धि गर्नका लागि
पर्यटन, उद्योग, वाणिज्य र निर्माणका क्षेत्रलाई विस्तृतिकरण, व्यवसायीकरणगर्दै सवैको पहुँच पु¥याउन
सुझाव दिइएको छ ।

त्यसैगरी, ४ नं. प्रदेशमा जलविद्युुतको ठूलो सम्भाव्यता रहेकाले बुढीगण्डकी,
आँधीखोला, कालिगण्डकी र तनहुँ सेती हाइड्रोलाई प्राथमिकता दिएर कार्य थालनी गर्न, यस प्रदेशको आर्थिक
सवलताका पक्षलाई पहिचान गर्न अनुसन्धान केन्द्र स्थापना गरी गुुरु योजना तयार गर्न र लगानी मैत्री
वातावरण सिर्जना गरी वैदेशिक लगानीकर्तालाई भित्र्याउनका लागि आवश्यक समन्वय र दिगो विकासको अवधारणा
आगाडि बढाउन सुझाव दिइएको छ ।

फोटो क्याप्सनः पोखरामा अर्थमन्त्री विष्णु
पौडेललाई ज्ञापन पत्र बुझाउँदै जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’