२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जनसरोकार मञ्चद्वारा अर्थमन्त्रीलाई ज्ञापन पत्र

२०७३, ३ बैशाख शुक्रबार ०६:२१

बैशाख ३, पोखरा । जनसरोकार मञ्च कास्कीले अर्थमन्त्री विष्णु
पौडेललाई विभिन्न २२ बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको छ ।
पोखरा आएका अर्थमन्त्रीलाई भेटेर
जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले ज्ञापन पत्र बुझाएका हुन ।
यसअघि चैत ३ गते
प्रधानमन्त्री के.पी शर्मा ओलीलाई पनि सो ज्ञापन पत्र बुझाईएको थियो ।

pokhara
४ नम्बर प्रदेशको आवश्यकता र अपेक्षा सम्वन्धी सुझावहरु ज्ञापन पत्रमा समावेश गरिएको छ।
सुझावहरुले यस क्षेत्रकोे आवश्यकता र अपेक्षा पुरा गर्न सहयोगीको भुमिका खेल्ने विश्वास लिइएको छ

मञ्चले फागुन ३० गते पोखरामा प्राध्यापक, अर्थविद्, स्थानीय नेता, व्यवसायी र पत्रकारहरुवीच ४
नम्बर प्रदेशको आवश्यकता र अपेक्षाका विषयमा छलफल गरी सुझाव संकलन गरेको थियो ।

ज्ञापन पत्रमा
पोखरालाई ४ नं. प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पूर्वाधार तयार गर्न आवश्यक बजेट विनियोजन गर्न,
नागरिकको क्षमता अबिबृद्धि गर्दै यस प्रदेशको आयस्रोत बढाउन, आर्थिक क्रियाकलाप बृद्धि गर्नका लागि
पर्यटन, उद्योग, वाणिज्य र निर्माणका क्षेत्रलाई विस्तृतिकरण, व्यवसायीकरणगर्दै सवैको पहुँच पु¥याउन
सुझाव दिइएको छ ।

त्यसैगरी, ४ नं. प्रदेशमा जलविद्युुतको ठूलो सम्भाव्यता रहेकाले बुढीगण्डकी,
आँधीखोला, कालिगण्डकी र तनहुँ सेती हाइड्रोलाई प्राथमिकता दिएर कार्य थालनी गर्न, यस प्रदेशको आर्थिक
सवलताका पक्षलाई पहिचान गर्न अनुसन्धान केन्द्र स्थापना गरी गुुरु योजना तयार गर्न र लगानी मैत्री
वातावरण सिर्जना गरी वैदेशिक लगानीकर्तालाई भित्र्याउनका लागि आवश्यक समन्वय र दिगो विकासको अवधारणा
आगाडि बढाउन सुझाव दिइएको छ ।

फोटो क्याप्सनः पोखरामा अर्थमन्त्री विष्णु
पौडेललाई ज्ञापन पत्र बुझाउँदै जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु