१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सातौँ कपिलवस्तु महोत्सवको समापन राखेपका सदस्य सचिव विष्टले गर्ने

१६ फाल्गुन २०७२, आईतवार ०४:३०

दीपकअनुरागी आचार्य/फागुन १६, कपिलवस्तु । बाणगंगा स्पोटस् एण्ड वेलफेयर
सोसाइटीले कपिलवस्तुको ४ नं जितपुरमा शुरु गरेको महोत्सवको आइतबार समापन समारोह हुने भएको छ । गत
फाल्गुण ५ गते देखि शुरु भएको महोत्सवको आइतबार १२ औ दिन समापन गर्न लागिएको हो ।

महोत्सवको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले
समापन गर्ने कार्यक्रम रहेको महोत्सवका मिडिया संयोजक मोहन वेल्वासेले जानकारी दिनुभयो । साथै सास्कृतिक
कार्यक्रम तर्फ चर्चित आधुनिक गायक प्रमोद खरेल, डि जे प्रज्वल र जिवन परियार लगायतका राष्ट्रिय
कलाकारकहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यसैबिच
सातौ कपिलवस्तु महोत्सवको पाचौ डान्स आईडलको पनि आइतबार फाइनल चरण हुने भएको छ । आत्मनिर्भरता स्वाधिन
अर्थतन्त्र, युवाको अभियान कपिलवस्तु हाम्रो पहिचान भन्ने मुल नाराका साथ शुरु भएको कपिलवस्तु महोत्सवमा
१२ औं दिन आइडलका लागि ३ जना विच प्रतिष्पर्धा हुने भएको हो ।

महोत्सवको अन्तिम दिन आइतबार अजय थारु, सुस्मिता थापा मगर, युकेश मगर विचको कडा प्रतिष्पर्धा
बाट एक जनाले पाचौं डान्स आइडलको उपाधि जित्ने छन ।

डान्स आइडल
प्रथमलाई ४५ हजार नगद, द्वितीयलाई ३५ र तृतीयलाई २५ हजार नगद र आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते