संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणद"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

नेपाली सेनाले चलायो निशुल्क स्वास्थ्य शिविर

१६ पुष २०७३, शनिबार १२:५१

संजय रेग्मी पौष १६, २०७३  नेपाली सेनाको आयोजनामा पर्वतको मुडिकुवामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रणदल गुल्म पर्वतको अयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वत, आदर्श अंग्रेजी आवासिय मा.वि., शारदा निम्न माध्यमिक विद्यालय, लायन्स क्लब अफ शिवालयको सहकार्यमा शिविर संचालन गरीएको हो । शिविरमा बिभिन्न रोगका तीन सय ३० बिरामीको उपचार गरिएको नेपाली सेनाले जनाएको छ । शिविरमा टेलीमेडिसिनको माध्यमबाट काठमाण्डूमा रहेका डा.अनिलकुमार झाले छाला सम्बन्धी रोगहरुको उपचार गरेका थिए ।

शिविरिमा जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बराल, नेपाली सेनाका सह सेनानी डा. राहुलजंग रायमाझी, निलगिरी हस्पिटलका बिशेषज्ञ डा. गोविन्द जोशी गौतम, नेत्र सहायक बिनम लामिछाने लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविर संचालनका क्रममा बोल्दै रणदल गुल्मका गुल्मपति सेनानी बालकृष्ण कार्कीले नेपाली सेना सदैव जनताको सुख र दुःखको साथी रहेको उल्लेख गरे । आँपूmहरु सधैँ जनतालाई सघाउन चाहेकोले पनि बिभिन्न ठाउँमा शिविर र अन्य सहयोगात्मक कार्यक्रमहरु संचालन गरीरहेको उल्लेख गरे ।

त्यस्तै, बिशिष्ट अतिथि जिल्ला अस्पताल पर्वतका बरीष्ठ मेडिकल सुपरीटेण्डेण्ट डा. फणिन्द्र बरालले शिविरले शारीरिक रुपमा असक्त भएर सदरमुकाम वा नजिकैका स्वास्थ्य चौकीमा जान नसकेका बृद्ध नागरिकहरुलाई बिशेष फाइदा भएको उल्लेख गरे । त्यस्तै, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले रेडक्रसले यस्ता अभियानमा सदैव साथ दिएको बताउँदै मानवीय सेवामा आँपूmहरु सधैँ तयार रहेको उल्लेख गरे । यसैगरी लायन्स क्लब अफ शिवालयका अध्यक्ष बिषमकुमार श्रेष्ठले, लायन्स क्लबले सामाजिक कार्यमा हरेक खालका सहयोग गर्न तयार रहेको बताए । श्री शारदा नि.मा.वि. व्यवस्थापन समिति अध्यक्ष तुलसी सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह