१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विपत् र जलवायु परिवर्तनका क्षेत्रमा लागि पर्ने ओखलढुंगाका सरोकारवालाहरुको साझा प्रतिवद्धता

१७ पुष २०७३, आईतवार १०:०७

पूर्णप्रसाद न्यौपाने,पुस १७,ओखलढुंगा । ओखलढुंगाका सरोकारवालाहरुले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार र विहिबार दुईदिन सञ्चालन भएको वार्षिक योजना तर्जुमा प्रकृयामा विपत् जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहिकरण गोष्ठीमा सहभागि सबै सरोकारवालाहरुले गम्भीर भएर यस क्षेत्रमा लाग्ने साझा प्रतिवद्धता जनाएका हुन् । यूएसएआईडीको सहयोगमा सबल कार्यक्रम ओखलढुंगाको  सहयोग तथा जिल्ला विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त गोष्ठीमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी,दलका नेता,पत्रकार,सञ्चारकर्मी लगाएतको उल्लेख्य सहभागिता रहेको थियो । उनिहरु सबैले आ आफ्नो क्षेत्रबाट विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा लागि पर्ने प्रतिवद्धता जनाएका हुन् ।

यसैबिच ओखलढुंगामा स्रोत र चेतनाको अभावका कारण प्रकोप जोखिम न्यूनिकरणमा समस्या हुनेगरेको भन्दै स्रोत जुटाउन र सचेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिईएको छ । २०७२ को भूकम्प तथा विभिन्न अन्य प्रकोप जन्य जोखिम परेका समयमा स्रोत र चेतनाको अभावका कारण काम गर्न समस्या भएको सहभागीहरुले बताएपछि    निमीत्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले नागरिकमा चेतनाको अभाव र निकायहरुसँग प्रकोप न्यूनिकरणको पूर्वतयारीको अभ्यास नहुँदा समस्या भएको बताउनुभयो । विपत्को सामना गर्ने र पुर्वतयारीमा जुट्ने चेतना नागरिक तहमा नरहेको भन्दै विद्यालय स्तरमा समेत विपत् सम्बन्धीका कार्यक्रम गरेर विद्यार्थी मार्फत घरघरमा सन्देश दिन सकिने उहाँको भनाई थियो । 

त्यस्तै स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्रीले स्रोत अभावका कारण उपलब्धी देखिनेगरी प्रकोपका समयमा काम गर्न नसकेको बताउनुभयो । ओखलढुंगाका सबै गाविसमा विपत् जोखिम न्यूनिकरण समिति गठन गर्नुपर्नेमा समेत सहभागिहरुले जोड दिएपछि खत्रीले केहि समय भित्रै जिल्लाका सबै गाविसमा समिति गठन गर्ने प्रतिवद्धता जनाउनुभयो । समितिलाई सक्षम बनाउने कार्यक्रमहरु ल्याईने पनि उहाँले बताउनुभयो । केहि गाविसमा यसवर्षको गाउँ परिषद्मा पनि प्रकोप जोखिम न्यूनिकरणका लागि बजेट विनियोजन गर्ने अभ्यास थालिएको छ । 


गोष्ठीको स्थानीय विकास मन्त्रालयका उपसचिव पुरुषोतम सुवेदी,सामुदायिक वन महासंघका केन्द्रिय सदस्य भोला खतिवडा लगाएतले कार्यक्रमको सहजिकरण गर्नुभएको सबल कार्यक्रमका मोहन गौतमले जानकारी दिनुभयो । सबल कार्यक्रमले विपत् जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन