२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

१८ पुष २०७३, सोमबार ०५:२८

पुस १८, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । 

स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हँुदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थामा रहेका छन् । 

विद्यालय भवन निर्माण गरिदिनका लागि जिल्ला शिक्षा कार्यालय, नगरपालिका र अन्य निकायमा पुग्दा समेत सुनवाइ हुन नसक्दा जीर्ण झोपडीमै विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बोहराले बताउनुभयो । “वर्षात्का बेला झोपडी पूरै चुहिने भएकाले विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो । 

राजनीतिक दलका नेतालाई भेटेर समेत विद्यालयको अवस्थाका बारेमा जानकारी गराउदा समेत वास्तानै नगरेको उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि बनाइएका पाँच वटै झोपडी मर्मतको कार्य नहुँदा भत्कने खतरा समेत उत्तिकै रहेको अभिभावक तिलक खत्रीले बताउनुभयो । 

अभिभावकले विद्यालयका निजी स्रोतमा कार्यरत चार जना शिक्षकको तलब मजदुरी गरेको पैसा सङ्कलन गरी व्यहोर्दै आएका छन् । 

एक जना शिक्षक मात्रै राहत कोटामा कार्यरत रहेका छन् । बस्तीका अधिकांशले मजदुरी गरी जीविका धान्दै आएकाले आर्थिक रकम सङ्कलन गरी विद्यालय भवन निर्माण गर्ने अवस्था नरहेको अर्जुन बोहराले बताउनुभयो । 

बालबालिकालाई पढाउनका लागि अन्यत्र पठाउन समेत सकिने अवस्था छैन उहाँले भन्नुभयो “तीन किलोमिटर टाढाको विद्यालय जानका लागि बस्ती नजिकै खोला पर्ने भएकाले वर्षात्का बेला तर्न सकिने अवस्थानै छैन ।” बाध्य भएर झोपडीमै बालबालिकालाई पढ्नका लागि पठाउँदै आएको उहाँको भनाइ रहेको छ । विसं २०६२ मा स्थापना भई सञ्चालनमा आएको विद्यालयमा झन्डै १०० बढी बालबालिका अध्ययनरत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल