१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

१८ पुष २०७३, सोमबार ०५:४१

पुस १८, महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ । 

वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अलपत्र अवस्थामा रहेको छ । वर्षौंदेखि स्थानीयले अवैधरुपमा उपभोग गर्दै आएता पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन । 

विद्यालयभन्दा दस किलोमिटरको दूरीमा रहेको १० बिगाहा जग्गामा ठूलाठूला रुख लगाइएको छ । तारबारले छेकबार गरेता पनि वर्षौंदेखि संरक्षणको अभावमा सो जग्गा स्थानीयले भोगचलन गर्दै आएका छन् । विद्यालयको छेउमै रहेको साढे ४ बिगाहा क्षेत्रफल बराबरको पोखरी पाँच वर्षको लागि रु १५ लाखमा टेन्डरमा लगाएता पनि अन्य जग्गाको हकमा विद्यालय नै अनविज्ञ रहेको छ । वर्षौंदेखि विद्यालयमा सो जग्गाको कारोबारको सम्बन्धमा कुनै किसिमको अभिलेख नराखिएको विद्यालय स्रोतले जनाएको छ । 

केही वर्षपूर्व विभिन्न कारणले गर्दा लामो समयसम्म बन्द रहेको सो विद्यालयमा आफू आउँदा कुनै किसिमको हिसाबकिताब पारदर्शी तरिकाले आफूलाई नबुझाएको विद्यालयका प्रधानाध्यापक सूर्यदेव यादवले बताउनुभयो । 

कतिपय ठेकेदारले वर्षौंसम्म विद्यालयबाट टेन्डर स्वरुप लिएको जग्गाको रकम विद्यालयले पाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । यता विद्यालयको जग्गा यसरी अलपत्र अवस्थामा रहनुको कारण विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नहुनु तथा प्रधानाध्यापकले समयमै तदारुकता नदेखाएको नै मुख्य कारण रहेको स्थानीय राजनीतिककर्मी रामेश्वर यादव बताउनुहुन्छ । यस विषयमा विद्यालयले कहिल्यै पनि अभिभावक भेला नबोलाउनु, सम्बन्धित निकायसमक्ष गुनासो नराख्नुले विद्यालयको नै कमीकमाजोरी रहेको यादवले धारणा राख्नुभयो । 

यस सम्बन्धमा चाँडै नै यथार्थ कुरा बुझेर उचित कदम उठाइने गाविस कार्यालय सुन्दरपुरले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन