दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बजेट अभावमा ६५ खानेपानी योजना अलपत्र

१८ पुष २०७३, सोमबार ०६:३३

दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधिन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् । 


यी आयोजनाका लागि विनियोजित बजेटमध्ये ७ प्रतिशत मात्रै प्राप्त भएको बताइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार जिल्लामा ४५ क्रमागत, चालू वर्ष सुरु भएका १४, बृहत खानेपानी २, सह लगानीको १ र वर्षातको पानी संकलनका ३ गरी ६५ आयोजना छन् । 


आयोजनाका लागि सवा दुई अर्बको लगानी अनुमान छ । चालू वर्ष खानेपानीका लागि प्राप्त भएको बजेट १२ करोड ८१ लाख मात्रै छ । केही आयोजना चार पाँच वर्षमा सक्ने लक्ष्य छ । एक दशकमा जम्मा लागतको ५० प्रतिशत पनि बजेट प्राप्त नहुँदा धेरै योजना अधुरै रहेको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख प्रेम डोटेलले बताए । 


क्रमागतकै ४५ आयोजना छन् भने यसपालि २० वटा नयाँ छन् । पर्वतको बेनीमा निर्माणाधीन सह लगानी खानेपानी आयोजनाका लागि मात्रै १ करोड विनियोजन भएको उहाँले बताउनुभयो । बाँकी आयोजनाका लागि लागतको ५ देखि १० प्रतिशत पनि नपुग्ने बजेट प्राप्त भएको      छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह