नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

रारा पछिको दोस्रो गन्तव्य दैलेख

१८ पुष २०७३, सोमबार ०९:०९

नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् । 

अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा पर्यटकको चहलपहल बढेको हो । दैलेखको माथिल्लो ढुङ्गेश्वरबाट शिरीस्थान पुग्न करिब २० किलोमिटरको सहज यात्रा भएकाले पनि जो कोहीका लागि शिरीस्थान पुग्न सहज भएको जुम्लाका पर्यटक घनश्याम नगरकोटीले बताउनुभयो । 

सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लाबाट रारा पुग्ने पर्यटक फर्कने बेला शिरीस्थान हेरेर फर्कने गरेका छन् भने जुम्ला, हुम्ला, मुगुबाट समेत आन्तरिक पर्यटक दैलेखको शिरीस्थान आउने गरेका छन् । मुगुबाट दैलेखको शिरीस्थान हेर्न आउनुभएकी चेतना शाहीले यो क्षेत्र धार्मिक, पर्यटकीय र औद्योगिक दृष्टिले पनि महत्वपूर्ण भएको बताउनुभयो 

यहाँको पञ्चकोसी क्षेत्र मध्येको निकै महत्वपूर्ण क्षेत्र मानिएकोे अखण्ड ज्वाला हेर्न भदौदेखि मङ्सिरसम्म १० हजार बढी आन्तरिक र बाह्य पर्यटक आउनु जिल्लाका लागि निकै राम्रो सन्देश हो अब यसको थप व्यवस्थापन गर्नु पर्दछ जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । शिरीस्थान, नाभीस्थान लगायतका विभिन्न एक सय बढी स्थानमा अहिले पनि ग्यास बलेको देख्न सकिन्छ । 

प्रारम्भिक अनुसन्धानका आधार निरन्तर ज्वालाका रुपमा बलेको पदार्थ सिधै सिलिन्डरमा भर्न सकिने ग्यास भएको र यसको खानी पनि दैलेखमै रहेको थाहा पाएर जिल्लाका बासिन्दा झनै उत्साही बनेका छन् । यो क्षेत्रको थप अनुगमन र भ्रमण गर्नेको सङ्ख्यासमेत पछिल्ला दिनमा बढ्दै गएको छ । सरकारले यहाँ रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी राष्ट्रको आर्थिक अवस्था सुधार्नुपर्ने जिल्लावासीको माग रहेको सङ्घका अध्यक्ष शान्ति शर्माले जोड दिनुभयो । 

जिल्लाका सांसदले बारम्बार सरकारले उत्खननको काम छिटो गर्नुप¥र्यो भन्दै आवाज उठाएको भए पनि सरकार परिवर्तनसँगै ग्यास उत्खननका सबै कार्य बन्द भएको सांसद अमर थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह