नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

रारा पछिको दोस्रो गन्तव्य दैलेख

२०७३, १८ पुष सोमबार ०९:०९

नरबहादुर रिजाल/पुस १८, दैलेख । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् । 

अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा पर्यटकको चहलपहल बढेको हो । दैलेखको माथिल्लो ढुङ्गेश्वरबाट शिरीस्थान पुग्न करिब २० किलोमिटरको सहज यात्रा भएकाले पनि जो कोहीका लागि शिरीस्थान पुग्न सहज भएको जुम्लाका पर्यटक घनश्याम नगरकोटीले बताउनुभयो । 

सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लाबाट रारा पुग्ने पर्यटक फर्कने बेला शिरीस्थान हेरेर फर्कने गरेका छन् भने जुम्ला, हुम्ला, मुगुबाट समेत आन्तरिक पर्यटक दैलेखको शिरीस्थान आउने गरेका छन् । मुगुबाट दैलेखको शिरीस्थान हेर्न आउनुभएकी चेतना शाहीले यो क्षेत्र धार्मिक, पर्यटकीय र औद्योगिक दृष्टिले पनि महत्वपूर्ण भएको बताउनुभयो 

यहाँको पञ्चकोसी क्षेत्र मध्येको निकै महत्वपूर्ण क्षेत्र मानिएकोे अखण्ड ज्वाला हेर्न भदौदेखि मङ्सिरसम्म १० हजार बढी आन्तरिक र बाह्य पर्यटक आउनु जिल्लाका लागि निकै राम्रो सन्देश हो अब यसको थप व्यवस्थापन गर्नु पर्दछ जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । शिरीस्थान, नाभीस्थान लगायतका विभिन्न एक सय बढी स्थानमा अहिले पनि ग्यास बलेको देख्न सकिन्छ । 

प्रारम्भिक अनुसन्धानका आधार निरन्तर ज्वालाका रुपमा बलेको पदार्थ सिधै सिलिन्डरमा भर्न सकिने ग्यास भएको र यसको खानी पनि दैलेखमै रहेको थाहा पाएर जिल्लाका बासिन्दा झनै उत्साही बनेका छन् । यो क्षेत्रको थप अनुगमन र भ्रमण गर्नेको सङ्ख्यासमेत पछिल्ला दिनमा बढ्दै गएको छ । सरकारले यहाँ रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी राष्ट्रको आर्थिक अवस्था सुधार्नुपर्ने जिल्लावासीको माग रहेको सङ्घका अध्यक्ष शान्ति शर्माले जोड दिनुभयो । 

जिल्लाका सांसदले बारम्बार सरकारले उत्खननको काम छिटो गर्नुप¥र्यो भन्दै आवाज उठाएको भए पनि सरकार परिवर्तनसँगै ग्यास उत्खननका सबै कार्य बन्द भएको सांसद अमर थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने