पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालय"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

पर्वतका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने

१९ पुष २०७३, मंगलवार ०७:४०

पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा विद्युतीय हाजिरी जडान गर्न निर्देशन गरेको हो ।


सोही बमोजिम पहिलो चरणमा   नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिने जिल्ला शिक्षा अधिकारी  रमेशराज पौडेलले जानकारी दिए । नगरपालिका भित्र रहेका २२ ओटा माध्यमिक विद्यालयमा माघ महिनाभित्र विद्युतीय  हाजिरी जडान गर्न निर्देशन दिएको उनले बताए । नगरपालिका बाहिरका ७० विद्यालयमा पनि विद्युतीय हाजिरीलाई प्राथमिकता दिने तथा विद्यालयमा सिसीटिभी जडानका लागि पनि तत्काल पहल थाल्ने पौडेलको भनाई छ ।


हाल नगरपालिका भित्र रहेका न्वार सुवेदी माध्यमिक विद्यालय, मंगलोदय मावि र शिवालय माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ । 

शिवालयमा सोमबार मात्र विद्युतीय हाजिरी मेसिन जडान गरिएको  हो । विद्युतीय हाजिरीले शिक्षकहरुमा थप जिम्मेवारी बढाउने तथा विद्यालय समयसम्म नै शिक्षक विद्यालयमा रहने प्राचार्य भूपेन्द्र चापागाईंले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि समेत यसले सहयोग गर्ने उनले बताए ।


उक्त विद्युतीय हाजिरी मेसिनको अक्सफोर्ड ल्याङ्गवेज तथा कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक मिलन पौडेलले सहयोग गरेका हुन् । मेसिनको लागत ३३ हजार रहेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका प्राचार्य भूपेन्द्र चापागाईको स्वागत तथा शिक्षक आनन्द पौडेलले सञ्चालन गरेका थिए ।


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रबहादुर क्ष्ोत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीहरुको उपस्थिती            रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह