भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

साँढे दुई बर्षदेखि ससुराद्वारा बुहारीमाथि यौन शोषण

२०७३, २० पुष बुधबार १२:३१

भाष्कर केसी/पुस २०, कञ्चनपुर । धुमधाम सँग २०७१ असार ६ गते बुहारीको रुपमा अनमाएर ल्याएको २० वर्षकी कविता (नाम परिर्वतन ) बेल्डाँडी–२ चन्दनवस्तीकी आफ्नै ससुरा भानुभक्त भट्टद्वारा साढे २ वर्षसम्म यौन शोषणमा रहेको पडितले बताएकी छन् ।

विहेभन्दा अगाडीदेखिनै ससुरा भट्टले तिमीलाई बुहारी बनाउछु भन्दै कपडा र केही रुपैया समय समयमा दिदै आइरहेका थिए । छोरा नरेश भट्ट वर्ष २० को र बुहारीको एउटै विषय (अनमी र सिएमए) पनि मिलेको हुनाले साथै कविताले पनि सहमति जनाए पछि दाङ्गमा पढदै गरेका छोरालाई बोलाई उनले कविता सँग विवाह गरेका थिए  । 

विहे भएको दोस्रो दिन दुल्हन फर्काउन पनि ससुरानै आफै गएका थिए भने, २०७१ असार १२ गते पहिलो पल्ट यौन शोषण गरेका थिए । त्यस पश्चात पटकपटक योन शोषण गर्दै आएपनि ससुराले कसैलाइ नभन्नु कसैलाई भने हत्या गर्ने धम्की दिएको हुनाले आफुले कसैलाई नभनेको बताइन । 

२०७३ मंसिर १० गते पनि जबरजस्ती यौन सम्पर्क गरेको र आफुले कहिलेसम्म सहेर बस्ने भन्ने लागेर माइतमा बहिनीहरुलाई भने पछि गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । 

पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए । 

प्रवक्ता कार्कीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ । ‘प्रहरीले आरोपितलाई पक्राउगरी हिरासतमा राखेको छ ।’ प्रहरी प्रवक्ता कार्कीले भने ‘अनुसन्धान भईरहेको छ ।’ एकदुई दिन भित्रै सरकारी वकिल कार्यालयमा पेश गर्ने तयारी भईरहेको समेत उनले बताए । 

कञ्चनपुरका अधिकारकर्मीहरुले भने महिलाको मुद्दामा सम्वेदनशिल भएर सत्यतथ्य घटना सार्वजानिक गर्न माग गरेका छन् । कञ्चनपुर प्रहरीले भने महिलाका मुद्दामा सम्वेदनशिल भएर छानबिन भईरहेको पीडितलाई आवश्वासन दिएको छ । भने अधिकारकर्मीहरुले महिलाका घटनामा वेवास्ता गरेर दोसीले उन्मुती आए सडक तताउने चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा