२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा चिसोले कठयांग्रिएर एक बृद्धको मृत्यु

२०७३, २१ पुष बिहीबार ०६:२३

राम नारायण पंडित/पुस २१, सिरहा । केहि दिनदेखि चलेको शीतलहरसगै बढेको जाडोले सिरहामा एक बृद्धको मृत्यु भएको छ । 

जाडोबाट कठयांग्रिएर बुधबार साँझ सिरहाको बरीयारपट्टि ५ मा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ४ जयपुर बस्ने अन्दाजी ६५ बर्षीय रामनाथ यादब रहेको प्रहरीले बताए । 

जिल्लाकै सन्हैठ २ पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्याधिक जाडोले कठयांग्रिएर बरीयारपट्टि चौकमा यादबको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरिक्षक दिल बहादुर दनुबारले बताए । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एाकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । 

जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । 

जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराएर आगो बालेको भएपनि यस वर्ष  मौन रहेको छ । 

जाडो बढेसगै स्वास्थ्य संस्थाहरुमा निमोनिया, श्वासप्रश्वास, टाइफाइड रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामीको चाप बढ्न थालको छ भने जिल्ला प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । जाडोबाट बालबालिका र वृद्ध  बढी प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला