२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका अग्निपीडितको प्रश्न, के हामी नेपाली होइनौँ !

२०७३, २१ पुष बिहीबार ०७:२७

पुस २१, कपिलवस्तु । कपिलवस्तुका अग्निपीडित भन्छन्, सरकारले हामीलाई बिर्सियो । हामीलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरियो । 

तेह्रथुमका जनताले २० दिनमै राहत पाउने हामीले कहिले पाउने भनेर गुनासो गरेका छन् । कपिलवस्तुमा २०७२÷७३ मा एक हजारभन्दा बढी घर टहरा जलेर खरानी भएको सरकारलाई पत्तोसमेत छैन भन्दै अग्निपीडितले गुनासो गरेका छन् । उनीहरुले के हामी नेपाली नागरिक होइनौँ भन्दै सरकारसँग राहतको माग गरेका छन् । 

कपिलवस्तु पिपरीका अग्निपीडित भन्छन् यही पुुुस १ गते तेह्रथुम जिल्लाको आठराईस्थित सक्रान्ति बजारमा आगलागी हुँदा प्रधानमन्त्री राहतकोषबाट रु एक करोड राहत दिने तर हामी घरबारविहीन हुँदा हामीलाई राहत नदिने यो कस्तो सरकार भनेर आक्रोस पोखेका छन् । 

हामीलाई किन विभेद गरेको कपिलवस्तु पत्थरदेइयाका राम निवास कोरीले प्रश्न गर्नु भयो । 

गत २०७२ फागुन २० गते कपिलवस्तुको पत्थरदेइया गाविस–४ मैनारीमा आगलागी हुँदा ३६ घर गोठ जलेर खरानी भएको थियो । रु ५० लाखको सम्पत्ति नष्ट हुनका साथै स्थानीय एक वृद्धा जलेर गम्भीर घाइते भएकी थिइन् । उनको पाल्पाको मिशन अस्पतालमा दुई सातापछि मृत्यु भएको थियो । यस्तै २०७२ चैत दोस्रो साता बलरमवापुर–४ प्रतापपुरमा आगलागी भयो । प्रतापपुरका एक दर्जन घर जलेर पूर्णरुपमा नष्ट भयो । 

चैतकै २६ गते कुशाहवामा आगो लाग्यो घर गोठ गरी कुल १२५ टहरा सखापै भएको थियो । चैत २७ गते शिवराज नगरपालिकाको रुद्रपुरमा सात घर जलेर खरानी भए । २८ गते धमैनगरमा १४ घर जले । 

विसं २०७३ वैशाख ३ गते जहदी गाविसको रेहरामा २८ घर जलेर खरानी भयो । वैशाख ८ गते कजरहवा–९ सिग्ररहवामा ३५ घर जल्यो दुई बालबालिकाको मृत्यु पनि भयो । त्यस्तै वैशाख ९ गते कपिलवस्तुको शिवराज नगरपालिका–७ पिपरीमा आगलागी भयो घर गोठ गरी ३५ टहरा खरानी भयो । कपिलवस्तुमा आगलागीबाट मानवीय र ठूलो धन सम्पत्ति नष्ट हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने