ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख"/>
१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अमरगढी नगरपालिकाको २१ औं नगरपरिषदसम्पन्न, साढे १३ करोड बढी बजेट प्रस्ताव

२१ पुष २०७३, बिहीबार १७:०४

ललित बोहरा । पुष २१ डडेल्धुरा । अमरगढी नगरपालिकाको २१ औं नगरपरिषद प्रस्तावित वजेट समावेश गर्दै चालू आर्थिक वर्ष २०७४÷७५ का लागि १३ करोड ५० लाख ७७ हजार रुपैँया वजेट प्रस्ताव गरेको छ । विहिवार सम्पन्न २१औ परिषदबाट चालु तर्फ पाँच करोड ४७ लाख र पुजिँ तर्फ सात करोड ४६ लाख ७ हजार रुपैयाँ वजेट प्रस्ताव गरेको हो । कुल वजेटको ३५ प्रतिसत चालु खर्च तर्फ र ६५ प्रतिसत पुजिँगत खर्चतर्फ वजेट विनियोजन गरेको छ । अमरगढी नगरपालिकाको लागि आगामि वर्षका लागि पहिलो प्रथमिकता सडक तथा यातायात, खानेपानि, बिधुत, सिंचाई दोश्रो प्राथमिकतामा पार्क, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रलाई सपिङ कम्पलेक्स र सुन्दर सहरको रुपमा वजेट छुट्टयाएको छ । आगामि २ वर्ष भित्रै डडेल्धुरा जिल्लालाई हरित जिल्ला रोज सिटिको रुपमा विकास घोषणा गर्ने लक्ष्यका साथ वजेट सार्र्वजनिक गरिएको कार्यकारि अधिकृत खेम वहादुर मंग्रातीले जानकारी दिएका छन ।

नगरको भौतिक पुर्वाधार अन्तरगत निर्माण कार्यक्रमहरुमा सुधार तथा विस्तारलाई निरन्तरता दिने, ढलनिकास समस्या सामाधानार्थ ढल निकासको ब्यबस्था गर्ने र पर्यटकिय क्षेत्रलाई समेटने गरि वजेट प्रस्ताव राखेको छ । प्रस्तावित वजेटमा कृषि तथा सहकारी पर्यटन युवा तथा खेलकुद, महिला, वालवालिका, जेष्ठ नागरिक, विपन्न, दलित, आदिवासी अपाङ्ग, पिछिडिएका वर्गसम्वन्धि सूचना, सञ्चार क्षेत्रको विकास शु–शासन तथा सङ्गठन सम्बन्धि कार्यक्रम राखेको छ । त्यसै गरि सामाजिक तथा टोल विकास आर्थिक प्रशासन तथा राजस्व प्रचलित निति वन वातावरण तथा सरसफाई लगायतका कार्यक्रम प्रस्तावित वजेटमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन