पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ व"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

२२ पुष २०७३, शुक्रबार १२:४८

पुस २२, काठमाडौँ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गरे ।

आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी ५२ श्यया पु¥याइएको हो । अब अस्पतालमा नवजात शिशु राख्नका लागि २५ वटा श्यया, २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि १० वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि वटा १० श्यया सघन उपचार कक्षमा छन् र सरुवा रोग लागेका बच्चालाई राख्नका लागि दुई वटा श्यया उपलब्ध हुने भएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अस्पताल सुधारका लागि स–साना कुराले ठूलो फरक पार्ने भएकाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताए।

उनले भने, “देशका जुनसुकै स्थानबाट कान्तिमा उपचारका लागि आउने बालबालिका श्यया नपाएर वा चिकित्सकको समय नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागिपरेको छ । अस्पतालले सुधारका योजनाका लागि आवश्यक कार्यक्रम बनाई पेस गरेमा तुरुन्तै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउँछन् । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने उनको अनुभव छ ।

उनका अनुसार सघन उपचार कक्षमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा अजित रायमाझीले श्ययाको अभावमा निजी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सघन उपचार कक्ष थप गरेको बताए। सघन उपचार कक्ष विभाग भित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको पनि गरिएको छ । 

कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न सरकारले रु पाँच करोड र जापान सरकारले १५ करोड गरी २० करोड रुपैयाँ सहयोगमा थप ३४ श्ययाको सघन उपचार कक्षको निर्माण गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’