१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सदरमुकामसँग जोडिएको गाविस अझै सञ्चार सेवाबाट टाढा

२५ पुष २०७३, सोमबार ०६:३३

पुस २५, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन । 

सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताउनुभयो । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन । 

टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडाडाँडा नेटवर्क खोज्दै चाहनुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताउनुभयो । डाँडाडाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो छ । 

टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पु¥याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् । 

सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह