१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

वन अतिक्रमण गरी ढुङ्गा निकाल्ने ट्रयाक्टर र चालक पक्राउ

२५ पुष २०७३, सोमबार ०६:३४

पुस २५, उदयपुर । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाको माणीवास खोलाको वन क्षेत्रमा वन अतिक्रमण गरेर ढुङ्गा चोरी गर्ने कार्यमा प्रयोग भएका झन्डै आधादर्जन ट्रयाक्टर र ट्रयाक्टर चालकलाई आइतबार इलाका सेक्टर वन कार्यालय सुन्दरपुरले पक्राउ गरेको छ । 

जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । 

पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताउनुभयो । 

तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताउनुभएको छ । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह