२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

वन अतिक्रमण गरी ढुङ्गा निकाल्ने ट्रयाक्टर र चालक पक्राउ

२०७३, २५ पुष सोमबार ०६:३४

पुस २५, उदयपुर । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाको माणीवास खोलाको वन क्षेत्रमा वन अतिक्रमण गरेर ढुङ्गा चोरी गर्ने कार्यमा प्रयोग भएका झन्डै आधादर्जन ट्रयाक्टर र ट्रयाक्टर चालकलाई आइतबार इलाका सेक्टर वन कार्यालय सुन्दरपुरले पक्राउ गरेको छ । 

जिल्ला वन कार्यालय उदयपुरका अनुसार आइतबार माणीवासको जङ्गल क्षेत्रमा ट्रयाक्टर चालकले अवैधरुपमा वन क्षेत्रबाट ढुङ्गा निकाल्दै गरेको गोप्य सूचनाको आधारमा सेक्टर वन सुन्दरपुर वनका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ । 

पक्राउ गरिएका ट्रयाक्टर सेक्टर वन सुन्दरपुरमा राखिएको छ भने चालकलाई आइतबार साँझ जिल्ला वन कार्यालय उदयपुरमा ल्याएर वनको हिरासतमा राखिएको उदयपुरका जिल्ला वन अधिकृत श्रीप्रसाद बरालले बताउनुभयो । 

तर ट्रयाक्टर नम्बर र चालकको बारेमा अनुसन्धान हुँदै गरेको कारण अहिले खुलाउन नमिल्ने पनि जिल्ला वन अधिकृत बरालले बताउनुभएको छ । यसअघि पनि माणीवास क्षेत्रको जङ्गलबाट ठूलो परिमाणमा ढुङ्गा चोरी हुँदै आएको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने