सास । पौष २५, बर्दिया ।
उद्योग तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि, औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न स्थानहरुमा टाँसिएको व्यानर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष २५, बर्दिया ।
उद्योग तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि, औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न स्थानहरुमा टाँसिएको व्यानर"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कलाकारलाई आपत्तिजनक शब्द प्रयोग : आयोजक नै अनविज्ञ

२५ पुष २०७३, सोमबार १६:४२

सास । पौष २५, बर्दिया ।
उद्योग
तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको
समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि,
औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न
स्थानहरुमा टाँसिएको व्यानरमा कलाकारको पहिचानका लागि अपमानित शब्द प्रयोग
गरिएकोमा अपाङ्ग सरोकार संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।
नृत्याङ्गना
रोमा न्यौपानेको फरक क्षमतालाई प्रचार गर्नका लागि प्रयोग गरिएको “एक
खुट्टे डान्सर” भन्ने शब्दप्रति बर्दिया अपाङ्ग पुर्नथापना केन्द्रका
अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ निवर्तमान केन्द्रिय सदस्य दल बहादुर
सुनारले आपत्ति जनाउँदै मान्छेमा भएको अपाङ्गता एउटा विविधता भएकाले यसलाई
इङ्गित हुने गरी  शारीरिक आकारका बारेमा भन्न र लेख्न कसैले पनि पाउँदैन र
यो सरासर आत्म सम्मानमा चोट पुग्ने शब्द प्रयोग भएको छ जुन अमानवीय कार्य
हो भन्नुभयो । वहाँले फरक क्षमता सबैमा हुन्छ अपाङ्गता भएर पनि कलालाई
प्रस्तुत गर्ने रोमाको क्षमता हो । राम्रो भन्न खोजेर पनि नराम्रो भएकोले
यसमा सभ्य भाषको प्रयोग भएन जुन उपयुक्त होइन र यसो भन्न पनि पाईंदैन ।
महोत्सवमा हजारौँ मान्छेले नजरअन्दाज गर्ने भएकोले यसरी एकखुट्टे शब्दको
प्रयोग गर्ने कार्य गैर जिम्मेवारी भएको ठहर अध्यक्ष दल बहादुर सुनारले
गर्नुभयो ।  
यसैगरी मुख्य आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष
अमर बहादुर खड्काले गलत लेािखएको स्वीकार गर्नुहुँदै त्यसमा हामीले
सुधार्नुस भनेको हो व्यवस्थापक भाइले लेखेछन् भन्नुभयो । वहाँले आफै त्यो
अलि अपमानको शब्द हुन्छ बरु के राखौँ भनी उल्टै  सास प्रतिनिधीलाई
सोध्नुभयो । सासका बर्दिया प्रतिनिधीले ‘फरक क्षमता भएकी नृत्याङ्गना’
लेख्नुस भनेपछि ए ल ल म यो लेख्न लगाउँछु भन्दै, जति भयो भयो अब भने सुधार
गरिनेछ भन्नुभयो ।
यसबारेमा महिला तथा बालबालिका कार्यालय, बर्दियाका
महिला विकास अधिकृत गिरा कुमारी बस्नेतसँग बुझ्न खोज्दा वहाँको अनुमतिविना
लेख्न मिल्दैन यदि सम्बन्धित व्यक्तिलाई सन्तुष्टि भएमा केही भएन नभए मिलेन
भन्नुभयो । साथै वहाँले त्यसैले गर्दा आकर्षण हुन्छ भने वहाँको विचार हो
यसका बारेमा सम्बन्धित  व्यक्तिसँग सोध्नु पर्यो, वहाँसग सोधेर मलाई
जानकारी दिनुहोला बरु म चेन्ज गर्न लगाउँला भन्नुभयो ।  
यसैगरी
राष्ट्रि अपाङ्ग मानवअधिकार केन्द्रका केन्द्रीय अध्यक्ष जगदिश प्रसाद
अधिकारीले यो लाजमर्दो भएको बताउनुहुँदै सम्बोधन व्यत्तिलाई गरियो तर सवाल
आम सरोकारको भएको धारणा राख्नुभयो । नृत्य भनेको प्रतिभा हो जुन एक खुट्टे
दुई खुट्टे भन्ने हुँदैन । महिला तथा बालबालिका कार्यालयले व्यक्तिगत कुरा
भनेपनि आम सरोकार र जनचासोको विषय भएकोले जसरी लेखियो यसरी लेखिनु गलत भएको
बताउनुभयो ।


यसैगरी नृत्याङ्गना रोमा न्यौपानले आफूलाई आयोजकले
नसोधेको बताउनुहुँदै त्यस्तो एक खुट्टे शब्द नलेख्नुस् त्यो मलाई मन परेन
बरु एउटा खुट्टाले लेख्नुस् भनेको थिएँ तर फेरि त्यही लेखिएकोमा अलिकति
हेपेर नै लेखिएको बताउनुभयो । वहाँले भन्नुभयो, ‘म यो कुरा हरेक महोत्सवमा
भन्ने गर्छु शब्दलाई पनि अपाङ्ग नबनाइदिनुस्, वहाँहरुलाई पनि हामीले
बुझाउनु पर्छ ।’ नृत्याङ्गना मात्रै भने पनि त हुन्छ नि अलिकति हेपेरै
लेखेछन् । तपाईंहरुले जानकारी दिनु भयो यो अत्यन्तै राम्रो कुरा हो ।
आयोजकले सोध्नु पर्ने एकैचोटि व्यानर बनाएर आयो । अपशब्द कसैलाई पनि प्रयोग
गर्नु भएन । हरेक स्टेजमा भन्ने गरेको छु कि शब्दलाई पनि डिसेवल नबनाइदिनु
होला । यति मात्रै हैन कि स्टेज पनि अनुकुल  नबनाइने भएकोले पनि आफ्नो
प्रतिभा देखाउन गाह«ो भएको करा समेत वहाँले बताउनुभयो । यसका साथै हामीलाई
अरु कलाकारलाई भन्दा पारिश्रमिक पनि कम दिने गर्छन् । अझै पनि समाजको
दृष्टिकोण परिवर्तन हुन सकेको छैन । नृत्याङ्गना रोमा न्यौपानेले सासलाई
बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह