सास । पौष २५, बर्दिया ।
उद्योग तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि, औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न स्थानहरुमा टाँसिएको व्यानर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष २५, बर्दिया ।
उद्योग तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि, औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न स्थानहरुमा टाँसिएको व्यानर"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कलाकारलाई आपत्तिजनक शब्द प्रयोग : आयोजक नै अनविज्ञ

२०७३, २५ पुष सोमबार १६:४२

सास । पौष २५, बर्दिया ।
उद्योग
तथा बाणिज्य संघ गुलरियाले दर्जन बढी सरकारी तथा गैर सरकारी निकायहरुको
समन्वयमा आयोजना गर्न लागेको मध्य पश्चिमाञ्चल क्षेत्रीय पर्यटन, कृषि,
औधोगिक व्यापार एवम् माघी महोत्सवमा प्रचारका लागि तयार गरेर विभिन्न
स्थानहरुमा टाँसिएको व्यानरमा कलाकारको पहिचानका लागि अपमानित शब्द प्रयोग
गरिएकोमा अपाङ्ग सरोकार संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।
नृत्याङ्गना
रोमा न्यौपानेको फरक क्षमतालाई प्रचार गर्नका लागि प्रयोग गरिएको “एक
खुट्टे डान्सर” भन्ने शब्दप्रति बर्दिया अपाङ्ग पुर्नथापना केन्द्रका
अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ निवर्तमान केन्द्रिय सदस्य दल बहादुर
सुनारले आपत्ति जनाउँदै मान्छेमा भएको अपाङ्गता एउटा विविधता भएकाले यसलाई
इङ्गित हुने गरी  शारीरिक आकारका बारेमा भन्न र लेख्न कसैले पनि पाउँदैन र
यो सरासर आत्म सम्मानमा चोट पुग्ने शब्द प्रयोग भएको छ जुन अमानवीय कार्य
हो भन्नुभयो । वहाँले फरक क्षमता सबैमा हुन्छ अपाङ्गता भएर पनि कलालाई
प्रस्तुत गर्ने रोमाको क्षमता हो । राम्रो भन्न खोजेर पनि नराम्रो भएकोले
यसमा सभ्य भाषको प्रयोग भएन जुन उपयुक्त होइन र यसो भन्न पनि पाईंदैन ।
महोत्सवमा हजारौँ मान्छेले नजरअन्दाज गर्ने भएकोले यसरी एकखुट्टे शब्दको
प्रयोग गर्ने कार्य गैर जिम्मेवारी भएको ठहर अध्यक्ष दल बहादुर सुनारले
गर्नुभयो ।  
यसैगरी मुख्य आयोजक संस्था उद्योग बाणिज्य संघका अध्यक्ष
अमर बहादुर खड्काले गलत लेािखएको स्वीकार गर्नुहुँदै त्यसमा हामीले
सुधार्नुस भनेको हो व्यवस्थापक भाइले लेखेछन् भन्नुभयो । वहाँले आफै त्यो
अलि अपमानको शब्द हुन्छ बरु के राखौँ भनी उल्टै  सास प्रतिनिधीलाई
सोध्नुभयो । सासका बर्दिया प्रतिनिधीले ‘फरक क्षमता भएकी नृत्याङ्गना’
लेख्नुस भनेपछि ए ल ल म यो लेख्न लगाउँछु भन्दै, जति भयो भयो अब भने सुधार
गरिनेछ भन्नुभयो ।
यसबारेमा महिला तथा बालबालिका कार्यालय, बर्दियाका
महिला विकास अधिकृत गिरा कुमारी बस्नेतसँग बुझ्न खोज्दा वहाँको अनुमतिविना
लेख्न मिल्दैन यदि सम्बन्धित व्यक्तिलाई सन्तुष्टि भएमा केही भएन नभए मिलेन
भन्नुभयो । साथै वहाँले त्यसैले गर्दा आकर्षण हुन्छ भने वहाँको विचार हो
यसका बारेमा सम्बन्धित  व्यक्तिसँग सोध्नु पर्यो, वहाँसग सोधेर मलाई
जानकारी दिनुहोला बरु म चेन्ज गर्न लगाउँला भन्नुभयो ।  
यसैगरी
राष्ट्रि अपाङ्ग मानवअधिकार केन्द्रका केन्द्रीय अध्यक्ष जगदिश प्रसाद
अधिकारीले यो लाजमर्दो भएको बताउनुहुँदै सम्बोधन व्यत्तिलाई गरियो तर सवाल
आम सरोकारको भएको धारणा राख्नुभयो । नृत्य भनेको प्रतिभा हो जुन एक खुट्टे
दुई खुट्टे भन्ने हुँदैन । महिला तथा बालबालिका कार्यालयले व्यक्तिगत कुरा
भनेपनि आम सरोकार र जनचासोको विषय भएकोले जसरी लेखियो यसरी लेखिनु गलत भएको
बताउनुभयो ।


यसैगरी नृत्याङ्गना रोमा न्यौपानले आफूलाई आयोजकले
नसोधेको बताउनुहुँदै त्यस्तो एक खुट्टे शब्द नलेख्नुस् त्यो मलाई मन परेन
बरु एउटा खुट्टाले लेख्नुस् भनेको थिएँ तर फेरि त्यही लेखिएकोमा अलिकति
हेपेर नै लेखिएको बताउनुभयो । वहाँले भन्नुभयो, ‘म यो कुरा हरेक महोत्सवमा
भन्ने गर्छु शब्दलाई पनि अपाङ्ग नबनाइदिनुस्, वहाँहरुलाई पनि हामीले
बुझाउनु पर्छ ।’ नृत्याङ्गना मात्रै भने पनि त हुन्छ नि अलिकति हेपेरै
लेखेछन् । तपाईंहरुले जानकारी दिनु भयो यो अत्यन्तै राम्रो कुरा हो ।
आयोजकले सोध्नु पर्ने एकैचोटि व्यानर बनाएर आयो । अपशब्द कसैलाई पनि प्रयोग
गर्नु भएन । हरेक स्टेजमा भन्ने गरेको छु कि शब्दलाई पनि डिसेवल नबनाइदिनु
होला । यति मात्रै हैन कि स्टेज पनि अनुकुल  नबनाइने भएकोले पनि आफ्नो
प्रतिभा देखाउन गाह«ो भएको करा समेत वहाँले बताउनुभयो । यसका साथै हामीलाई
अरु कलाकारलाई भन्दा पारिश्रमिक पनि कम दिने गर्छन् । अझै पनि समाजको
दृष्टिकोण परिवर्तन हुन सकेको छैन । नृत्याङ्गना रोमा न्यौपानेले सासलाई
बताउनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने