दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्य"/>
2026-10-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन

दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन । 

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य गर्ने कार्यलाई अभियानकै रुपमा संचालन गरिरहेका बेला सुदूरपश्चिममा भने लोडसेडिङ घट्नुको सट्टा बढीरहेको उपभोक्ताले बताएका छन् । 

अहिले यहाँ दैनिक २ देखि ३ घण्टासम्म लोड सेडिड्ड भईरहेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाले जनाएको छ । यसअघि पनि त्यहीं मात्रामा लोड सेडिड्ड हुने गरेको सो कार्यालयको भनाई छ ।

देशका काडमाण्डौं, पोखरालगायताका ठूला शहरहरुमा लोड सेडिङ हट्दै गर्दा यो अभियानले सुदूरपश्चिमलाई भने छुन सकेको छैन । सुदूरपश्चिममा लोड सेडिङ हटाउका लागि उजामन्त्री मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले ध्यान नदिएको यस क्षेत्रका बासिन्दाको भनाई छ ।

सुदूरपश्चिममा लोडसेडिङ पहिलेकै जति समयमा भईरहेको नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखा अत्तरिया अधिकृत परितोष कुमार चौधरीले बताउनुभयो । २/३ महिनाअघिकै हाराहारीमा अहिले पनि लोडसेडिङ भईरहेको उहाले बताउनुभयो ।

लोडसेडिङ अन्त्यका लागि केन्द्रबाट कुनै नयाँ कार्यक्रम नभएको सो कार्यालयको भनाई छ । तर चुहावट नियन्त्रणमा भने मन्त्रालयले कडाई गर्न भनेको छ । अहिले टनकपुर नाका भएर ३५ मेगावाट विद्युत आयात भईरहेको छ ।

विद्युत प्राविधिकरणले सो नाकाबाट थप विद्युत आयात गर्ने भनेको थियो । तर त्यसका लागि ठोस पहल हुन नसकेको बताइएको छ । थप विद्युत आयातका लागि टनकपुर नाकामा भारतीय पक्षले बढी क्षमता भएको ट्रान्समिटर जडान गर्न आवश्यक रहेको बताइएको छ ।

तर, भारतीय पक्षले ट्रान्समिटर जडानको प्रकृया अगाडि बढाएको छैन । भारतले सो नाकाबाट विद्युत निर्यातका लागि ५० एमबीएको ट्रान्सर्फर राख्ने बताइएको छ । तर टनकपुर नाकाबाट तत्काल थप विद्युत आयात प्रकृया अन्यौलमा रहेको ग्रीड शाखाका अधिकृत चौधरीले बताउनुभयो ।

यो क्षेत्रमा लोडसेडिङ अन्त्यका लागि अहिले कम्तीमा २० मेगावाट विद्युत आवश्यक रहेको अधिकारीहरुले बताउनु भएकाछन् । सुदूरपश्चिममा सवैभन्दा बढी ३० मेगावाट कैलालीमा खपत हुन्छ भने १२ मेगावाट कञ्चनपुर जिल्लामा खपत हुने गरेको छ । क्षेत्रीय कार्यालयका अनुसार अन्य ७ पहाडी जिल्लामा ७ मेगावाट विद्युत अहिलेको आवश्यकता अनुसार आपूर्ति गर्नुपर्ने देखिएको छ ।

सुदूरपश्चिममा अहिले अपी हाईड्रोपावरबाट साढे सात मेगावाट विद्युत उत्पादन भईरहेको छ । जुन पहाडी जिल्लामै खपत हुन्छ । यसअघि देशभरको कार्यतालिका भन्दा कम लोडसेडिङ हुने सुदूरपश्चिममा सरकारी स्तरबाट पहल भए लोडसेडिङ हट्नसक्ने व्यवसायीहरुले बताउनुभयोका छन् । तर, यहँ लोडसेडिड्ड हटाउनका लागि पहल नभएको अत्तरिया उद्योग वाणिज्य संघका महासचिव अशोक देवकोटाले बताउनुभयो ।

उहाँले चुहावट नियन्त्रण र भारतबाट केही मेगावट थप विद्युत आयातको पहल हुनसके सुदूरपश्चिम लोडसेडिङ मुक्त हुनसक्ने बताउनुभयो । लोडसेडिड्डले उद्योग, व्यापार प्रभावित भएको उहाले बताउनुभयो ।

३० मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भए सुदूरपश्चिममा लोडसेडिङ अन्त्य हुने बताइएको छ । चमेलियाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश