नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाज"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सामजिक सुरक्षा भत्ता प्रदानसंगै कर्णालीका जेष्ठ नागरिकलाई जिवनयापनमा सहज

२०७३, २७ पुष बुधबार ०७:५९


नन्द बहादुर रोकाया/पुस २७, मुगु । सरकारले सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेसंगै मुगु सहित कर्णालीका जेष्ठ नागरिकहरुले केहि राहत महसुस गरेका छन सामाजिक सुरक्षाभक्ता वितरण गर्न सुरु भएसंगै मुगु जस्ता बिकट जिल्लाका स्थानियहरुलाई निकै सहज भएको छ । 

मुगुका बृद्धबृद्धाहरुले सुरक्षा भक्ताले आफुहरुको खर्च जुटाउन सहज भएको वताएका छन । तर धेरै समयको अन्तरालमा मात्र भक्ता दिने गरेको  जेष्ठ नागरिकको गुनासो छ ।  सुरक्षा भक्ताले आफुहरुको दैनिकी तथा घरखर्च सञ्चालनमा सहजता ल्याएको भएपनी निरन्तर रुपमा एउटै समयमा रकम नपाईने भएपछि जेष्ठ नागरिक मारमा परेका छन्  । 

साथै जिल्लाको भौगालिक समस्याका कारण केही जेष्ठ नागरिकहरु भक्ता बुझ्न जान नसक्ने भएपछि समस्या भएको जेष्ठ नागरिक बिर्ख बहादुर भण्डारी ले बताउनुभयो । पहिले २ हजार मात्र दिईने भक्ता अहिले ठ्याक्कै बढेको छ । 

पहिले दिईने रकमले आफुहरुको खर्च सञ्चालनमा पुर्ण रुपमा सहयोग पुर्याउन नसकेको भएपनी अहिले भने आफुहरुको खर्च सञ्चालन हुन सक्ने उहाँको भनाई छ । सामाजिक सुरक्षा भक्ताका कारण महिला, जेष्ठ नागरिक लगायतका लक्षित बर्गहरुमा सहजता ल्याएको भएपनी गाविस तथा स्थानिय निकायसगँ जानुपर्ने प्रक्रिया झन्झटिलो हुदाँ आफुहरुलाई समस्या हुने गरेको अर्का जेष्ट नागरिक जोरा शाहीले बताउनुभयो । 

सरकारले सामाजिक सुरक्षा भक्ताका माध्यमबाट लक्षित बर्गहरुको दैनिकी परिवर्तनका लागी सहयोग पुर्याउनु सबैका लागी सकरात्मक भएको भएपनी यसलाई सञ्चालनमा ल्याउनका लागी बनेका केही प्रक्रियाहरु झन्झटिला बनेका कुरा समय समयमा आउने गरेका छन । यस्ता समस्याको समधानका लागी सरोकारवाला निकाय सबैको ध्यान पुग्यो भने यी प्रक्रिया अझै लाभदायक बन्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने