पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिसी क्यामराको सहायताले डाका पक्राउ

२७ पुष २०७३, बुधबार ०८:०५

पुस २७, सिन्धुली । सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाका पक्राउ परेका छन् ।

डाकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए । प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए । 

शेखलाई काठमाडौँबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ । यस्तै, सो डकैती गर्ने घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको बोहोराले जानकारी दिए ।

सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सिसी क्यामेराको सहायताले उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनौट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यस्तै, डकैती गर्न शेखलाई रामनाथ शाहाले पनि सघाएका थिए। पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सातजनाका लागि बुक गरेको र शेखले खबर गरेपछि विहारबाट विआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए। होटल सञ्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराई बिहान ३ बजे होटलबाट डाकाको समूह निक्लिएको थियो ।

होटलबाट निक्लिएका डाकाले ९ मिनेटको समयमा शाह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए । सिसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नं बजार हुँदै उनीहरु ट्राफिक पोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए। डकैती गर्न सफल डाका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्ने क्रममा विवाद भएको र छोरालाई विदेश पठाउने क्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

शेख सिन्धुली आउँदा सेतो लामो दारी पालेको र डकैती गरिसकेपछि दारी छोटो बनाई कलर गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । प्रहरीलाई नै चिन्न अप्ठेरो पर्ने गरी कलर गरेका शेखलाई पक्राउ गरिएपछि अरू फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए । डाका समूहले भारतको विहारदेखि आएर शाह आयरनको सटर फोरी नगद र समान डकैती गरी लगेका थिए ।

सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सिसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ । सिन्धुलीमा भारतदेखि आएर डाकाले डकैती गरेको यो पहिलो घटना हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह