दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टाय"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विमान स्थलमा अवतरण गर्दा जहाजको टायर पञ्चड, ठुलो दुर्घटनाबाट जोगियो

२०७३, २७ पुष बुधबार ११:५१


दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पञ्चड भएको छ ।

नेपालगञ्जबाट विहान सवा दश बजे पन्ध्र जना यात्रु बोकेर आएको नाईन एन ए के जेट कल साईन नम्बरको गोमा एयरको ट्वीनेटर जहाँज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्नेक्रममा जहाँजको पछाडी रहेको दायाँ पट्टिको टायर पञ्चड भएको विमान स्थल प्रहरीलाई उधृत गर्दै जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

टायर पञ्चड भए पनि जहाँजमा अन्य कुनै समस्या नभएको  र जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट पुन तारा एयरको ट्वीनेटरले गामा एयरका प्राविधिक र टायर रारा विमान स्थलमा ल्याए पछि जहाँज दिउसो सवा दुई बजे मात्र नेपालगञ्ज फर्किएको छ । थप जानकारी लिन नेपाल नागरिक उड्ययन कार्यालय रारा ताल्च विमान स्थलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

२०६० साल बैशाख १ गतेबाट हवाई उडान सुरु भएको ताल्च विमान स्थलमा जहाँज अवतरण गर्दा र उडन लाग्दा सुरक्षा चुनौतीहरु देखिएका छन । विगत दुई वर्ष अगाडी कच्ची धावन मार्गमा जहाँजले उडान भर्दा दुर्घटनाका चुनौती रहे पनि धावन मार्ग कालो पत्रे भई सके पछि घेरबार बलियो नहुँदा थप चुनौती थपिएका छन । 

जिल्लामा हवाई यातायात सुरु भए यता कच्ची धामन मार्ग हुँदा गोमा एयर, मकालु एयर र काष्ठमण्डप एयर गरि तिन वटा दुर्घटना भएका थिए । तिनवटै दुर्घटनामा जहाँजमा क्षति भए पनि मानविय क्षति भने भएको छैन ।  जहाँज आउदा र जाँदा विमान स्थलमा सुरक्षा चुनौति, समन्वयको अभाव र लार्पवाही देखिएको छ । 

गएको मंसिर ३० गते नेपालगञ्ज देखि १६ जना यात्रु बोकेर मुगु तर्फ उडेको तारा एयरको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्न पाँच मिनेट बाँकि रहँदा सम्म पनि ताल्च स्थित नागरिक उड्ययन कार्यालयलाई कुनै जानकारी नभएको र विमान स्थल धावन मार्ग छेउछाउमा सुरक्षाकर्मि समेत नखटिएको पाईएको थियो । 

जहाँज आउने कुनै जानकारी नभएको र सुरक्षाकर्मि समेत नखटिएको अवस्थामा जहाँज अवतरण गर्ने अवस्था आईसके पछि कार्यालयले जहाँजसंग सम्पर्क गरि दश मिनेट आकाशमा नै रहन निर्देशन दिएको थियो । 

कार्यालयको यस्तो निर्देशन पछि विमान चालकले विमानलाई रारा तर्फ मोडेको र परिचालिकाले यात्रुलाई त्यसको जानकारी गराएकी थिईन । रारा ताल माथिको आकाशमा विमानले एक फन्को मारिसके पछि मात्र दश मिनेट पछि विमान स्थलमा अवतरण गरेको थियो । 

त्यस्तै पौष १४ गते नेपालगञ्ज देखि मुगुका लागि यात्रु बोकेर आएको नेपाल एयरलाईन्सको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा नै कुकुर दौडिएको थियो भने विमानको पछिल्लो टायरले कुल्चेर कुकुर धावन मार्गमा नै मरेको थियो भने जहाँज दुर्घटनाबाट जोगिएको थियो । 

 पाँच सय पचहत्तर मिटर लम्बाई रहेको विमान स्थल वरिपोरी विमान आउदा पाँच छ जना सुरक्षा कर्मि मात्र खटिने गरेका छन । विमान स्थल वरिपोरी काँडेतार घेरवार गरिएको भए पनि ठाँउ ठाउँमा घेरबार भत्किएका कारण पशु वस्तु मान्छे विमान स्थल भित्र पस्ने गरि रहेका छन । 

विमान अवतरण गर्दा वा उड्दा वरीपोरिबाट पशु वस्तु भित्र छिर्दा दुर्घटना हुने सम्भावना रहे पनि यस विषय र सुरक्षा कर्मि कम भएको विषयमा नागरिक उड्ययन कार्यालय, विमान कम्पनिका कर्मचारी लगायत कसैले पनि कुनै जानकारी नगराएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए । विमान अवतरणका क्रममा धावन मार्गमा नै कुकुर कुल्चिएर मरे पछि  विमान स्थलमा खटिएका सम्बद्ध कर्मचारी सुरक्षाकर्मिले कसैलाई पनि कुनै जानकारी गराएनन ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला