दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टाय"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विमान स्थलमा अवतरण गर्दा जहाजको टायर पञ्चड, ठुलो दुर्घटनाबाट जोगियो

२७ पुष २०७३, बुधबार ११:५१


दान बहादुर बुढा/पुस २७, मुगु । नेपालगञ्ज देखि मुगुका लागि उडेका गोमा एयरको ट्वीनेटर विमान मुगुको रारा ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पञ्चड भएको छ ।

नेपालगञ्जबाट विहान सवा दश बजे पन्ध्र जना यात्रु बोकेर आएको नाईन एन ए के जेट कल साईन नम्बरको गोमा एयरको ट्वीनेटर जहाँज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्नेक्रममा जहाँजको पछाडी रहेको दायाँ पट्टिको टायर पञ्चड भएको विमान स्थल प्रहरीलाई उधृत गर्दै जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

टायर पञ्चड भए पनि जहाँजमा अन्य कुनै समस्या नभएको  र जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट पुन तारा एयरको ट्वीनेटरले गामा एयरका प्राविधिक र टायर रारा विमान स्थलमा ल्याए पछि जहाँज दिउसो सवा दुई बजे मात्र नेपालगञ्ज फर्किएको छ । थप जानकारी लिन नेपाल नागरिक उड्ययन कार्यालय रारा ताल्च विमान स्थलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

२०६० साल बैशाख १ गतेबाट हवाई उडान सुरु भएको ताल्च विमान स्थलमा जहाँज अवतरण गर्दा र उडन लाग्दा सुरक्षा चुनौतीहरु देखिएका छन । विगत दुई वर्ष अगाडी कच्ची धावन मार्गमा जहाँजले उडान भर्दा दुर्घटनाका चुनौती रहे पनि धावन मार्ग कालो पत्रे भई सके पछि घेरबार बलियो नहुँदा थप चुनौती थपिएका छन । 

जिल्लामा हवाई यातायात सुरु भए यता कच्ची धामन मार्ग हुँदा गोमा एयर, मकालु एयर र काष्ठमण्डप एयर गरि तिन वटा दुर्घटना भएका थिए । तिनवटै दुर्घटनामा जहाँजमा क्षति भए पनि मानविय क्षति भने भएको छैन ।  जहाँज आउदा र जाँदा विमान स्थलमा सुरक्षा चुनौति, समन्वयको अभाव र लार्पवाही देखिएको छ । 

गएको मंसिर ३० गते नेपालगञ्ज देखि १६ जना यात्रु बोकेर मुगु तर्फ उडेको तारा एयरको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्न पाँच मिनेट बाँकि रहँदा सम्म पनि ताल्च स्थित नागरिक उड्ययन कार्यालयलाई कुनै जानकारी नभएको र विमान स्थल धावन मार्ग छेउछाउमा सुरक्षाकर्मि समेत नखटिएको पाईएको थियो । 

जहाँज आउने कुनै जानकारी नभएको र सुरक्षाकर्मि समेत नखटिएको अवस्थामा जहाँज अवतरण गर्ने अवस्था आईसके पछि कार्यालयले जहाँजसंग सम्पर्क गरि दश मिनेट आकाशमा नै रहन निर्देशन दिएको थियो । 

कार्यालयको यस्तो निर्देशन पछि विमान चालकले विमानलाई रारा तर्फ मोडेको र परिचालिकाले यात्रुलाई त्यसको जानकारी गराएकी थिईन । रारा ताल माथिको आकाशमा विमानले एक फन्को मारिसके पछि मात्र दश मिनेट पछि विमान स्थलमा अवतरण गरेको थियो । 

त्यस्तै पौष १४ गते नेपालगञ्ज देखि मुगुका लागि यात्रु बोकेर आएको नेपाल एयरलाईन्सको ट्वीनेटर विमान ताल्च विमान स्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा नै कुकुर दौडिएको थियो भने विमानको पछिल्लो टायरले कुल्चेर कुकुर धावन मार्गमा नै मरेको थियो भने जहाँज दुर्घटनाबाट जोगिएको थियो । 

 पाँच सय पचहत्तर मिटर लम्बाई रहेको विमान स्थल वरिपोरी विमान आउदा पाँच छ जना सुरक्षा कर्मि मात्र खटिने गरेका छन । विमान स्थल वरिपोरी काँडेतार घेरवार गरिएको भए पनि ठाँउ ठाउँमा घेरबार भत्किएका कारण पशु वस्तु मान्छे विमान स्थल भित्र पस्ने गरि रहेका छन । 

विमान अवतरण गर्दा वा उड्दा वरीपोरिबाट पशु वस्तु भित्र छिर्दा दुर्घटना हुने सम्भावना रहे पनि यस विषय र सुरक्षा कर्मि कम भएको विषयमा नागरिक उड्ययन कार्यालय, विमान कम्पनिका कर्मचारी लगायत कसैले पनि कुनै जानकारी नगराएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए । विमान अवतरणका क्रममा धावन मार्गमा नै कुकुर कुल्चिएर मरे पछि  विमान स्थलमा खटिएका सम्बद्ध कर्मचारी सुरक्षाकर्मिले कसैलाई पनि कुनै जानकारी गराएनन ।  

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह