पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृ"/>
२०८२, १२ चैत्र बिहीबार
पर्बत - PBT

पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन

२०७३, २८ पुष बिहीबार ०६:१५

पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृत्वमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन  समिति गठन गरेको हो । विद्यलाय व्यवस्थापन समितिमा कृष्ण बहादुर पौडेल, कृष्ण बहादुर चपाई, मुना कुवँर, कौशिला सुवेदी  र विन्दु केसी केसी रहेका छन् । 

विद्यलाय व्यवस्थापन समितिका सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक रहेन व्यवस्था छ । त्यसैगरी सोही भेलाले जगत बहादुर कुवँरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ । शिक्षक अभिभावक संघका सदस्यहरुमा जानुका चपागाई, लक्ष्मी पौडेल, द्रिपा पौडेल, मिलन अधिकारी, कृष्ण प्रसाद शर्मा,  भिम बहादुर क्षेत्री, श्याम प्रकाश पूर्जा पुन चयन भएको विद्यालयका शिक्षक कृष्ण अधिकारीले जानकारी दिए । शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि पनि रहेन व्यवस्था छ ।

विद्यलाय निरिक्षक कृष्ण आचार्यले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेकोले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावकनै जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक रहेको भन्दै एक विना गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने भन्दै सवैलाई एक भएर विद्यलायको शैक्षिक गुणस्तर उकास्नका लाग्नुपर्नेमा जोड दिए ।

स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलले सामुदायिक विद्यलाय नीजि विद्यालय भन्दा कम नभएको जिकिर गरे । उनले सामुदायिक विद्यालयमा शिक्षक कुशल र तालिम प्राप्त भएता पनि विद्यालयप्रति समुदाय उदाशिन भएकोले पनि सामुदायिक विद्यालयमो शैक्षिक गुणस्तर कमजोर हुदै गएको बताए । उनले शिक्षक, अभिभावले जिम्मेवारी बहन गरेमा सामुदायिक विद्यालयको शैक्षिक अबस्था मजबूत हुने बताए ।

मावि दरबन्दी नभएता पनि मावि संचालन भैराखेको उक्त विद्यलायमा मावि शिक्षकको अभाव रहेकोले मावि दरबन्दीको व्यवस्थापन गर्नको लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको छ । मावि दरबन्दी नहुदाँ नीजि स्रोतबाट शिक्षक र निमाविका शिक्षकले मावि चलाउनु परेको भन्दै आवश्यक शिक्षक मिलान गराउनको लागि विद्यालयले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने