पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृ"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

पौडेलेको नेतृत्वमा सरस्वती माविमा विव्यस गठन

२८ पुष २०७३, बिहीबार ०६:१५

पर्वत । बाजुङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा संशोधन भएको शिक्षा ऐन २०७३ अनुसार विद्यलाय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समिमितको अध्यक्षतामा बमबहादुर पौडेल चयन भएका छन् । अभिभावक भेलाले उनको नेतृत्वमा नयाँ शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन  समिति गठन गरेको हो । विद्यलाय व्यवस्थापन समितिमा कृष्ण बहादुर पौडेल, कृष्ण बहादुर चपाई, मुना कुवँर, कौशिला सुवेदी  र विन्दु केसी केसी रहेका छन् । 

विद्यलाय व्यवस्थापन समितिका सदस्य सचिवका रुपमा विद्यलायका प्रधानाध्यापक रहेन व्यवस्था छ । त्यसैगरी सोही भेलाले जगत बहादुर कुवँरको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरेको छ । शिक्षक अभिभावक संघका सदस्यहरुमा जानुका चपागाई, लक्ष्मी पौडेल, द्रिपा पौडेल, मिलन अधिकारी, कृष्ण प्रसाद शर्मा,  भिम बहादुर क्षेत्री, श्याम प्रकाश पूर्जा पुन चयन भएको विद्यालयका शिक्षक कृष्ण अधिकारीले जानकारी दिए । शिक्षक अभिभावक संघमा शिक्षक प्रतिनिधि पनि रहेन व्यवस्था छ ।

विद्यलाय निरिक्षक कृष्ण आचार्यले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेकोले गुणस्तरीय शिक्षाका लागि शिक्षक अभिभावकनै जिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्बन्ध त्रिकोणात्मक रहेको भन्दै एक विना गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने भन्दै सवैलाई एक भएर विद्यलायको शैक्षिक गुणस्तर उकास्नका लाग्नुपर्नेमा जोड दिए ।

स्रोत व्यक्ति कृष्ण प्रसाद पौडेलले सामुदायिक विद्यलाय नीजि विद्यालय भन्दा कम नभएको जिकिर गरे । उनले सामुदायिक विद्यालयमा शिक्षक कुशल र तालिम प्राप्त भएता पनि विद्यालयप्रति समुदाय उदाशिन भएकोले पनि सामुदायिक विद्यालयमो शैक्षिक गुणस्तर कमजोर हुदै गएको बताए । उनले शिक्षक, अभिभावले जिम्मेवारी बहन गरेमा सामुदायिक विद्यालयको शैक्षिक अबस्था मजबूत हुने बताए ।

मावि दरबन्दी नभएता पनि मावि संचालन भैराखेको उक्त विद्यलायमा मावि शिक्षकको अभाव रहेकोले मावि दरबन्दीको व्यवस्थापन गर्नको लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरेको छ । मावि दरबन्दी नहुदाँ नीजि स्रोतबाट शिक्षक र निमाविका शिक्षकले मावि चलाउनु परेको भन्दै आवश्यक शिक्षक मिलान गराउनको लागि विद्यालयले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह