१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो

२९ पुष २०७३, शुक्रबार ०७:३७

पुस २९, म्याग्दी । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए । 

स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बिमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ । 

सरकारले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम ल्याएको छ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा. रोशन न्यौपानेले भन्नुभयो –यो कार्यक्रमलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पु¥याउने गरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेका छन् । 

अभियानमा खटिएका सहयोगीले सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बिमाको महत्वका बारेमा बुझाइरहेका छन् । भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बिमाप्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ । 

कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य रु ४२५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ । 

सरकारले आर्थिक वर्ष २०७०÷७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरिएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह