२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सीमा सुरक्षा पोस्ट स्थापना गर्न माग

२०७३, २९ पुष शुक्रबार ०७:४८

पुस २९, भीमदत्तनगर । कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन् । 

स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुग्नुभएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भए पनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा शसस्त्र प्रहरी पोस्ट स्थापना गर्नुपर्ने माग गरेका हुन् । 

खुला सीमा नाका भएका कारण विभिन्न अपराध, मानव बेचबिखन, भारतीय बेपाहा प्रवृति सहनुपरेको भन्दै पुर्नवास नगरपालिकाका शङ्कर बोगटीले खुला सिमानाका कारण स्थानीय बजारमा तस्करीसमेत मौलाएको बताउनुभयो । 

अर्का स्थानीयबासी रमेश अर्यालले नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि विवाद हँुदै आएको र सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति कम भएको छ भन्नुभयो । 

‘सीमा पिल्लर नेपालतर्फ सार्नेदेखि भारतीय एसएसबिले समय समयमा नेपालीलाई दुःख दिने गरेको छ ।’ अर्यालले भन्नुभयो–“सिमा क्षेत्रको सुरक्षा स्थानीयवासीले गरेका छन् ।’ एक सय ३१ किलोमिटर क्षेत्र भारतसित सीमा जोडिएको भए पनि भारतले हरेक पाँच किलोमिटरको फरकका ३१ वटा एसएसबी पोस्ट राखेर सीमामा निगरानी बढाएको छ । तर नेपाली पक्षबाट भने सशस्त्र प्रहरीका दुईवटा मात्रै सुरक्षा पोस्ट छन् । 

पुर्नवासका दानबहादुर सुनारले १०४देखि २०० नम्बर सीमा स्तम्भमा समस्या रहेको र भारतीय पक्षले केही स्थानीवासीको जग्गासमेत कब्जा गरेको उहाँले बताउनुभयो । 

‘सीमा पिल्लर ढलेको प्रति हाम्रो प्रशासन नै बेखबर छ ।’ उहाँले भन्नुभयो–“तत्काल अतिक्रमण रोक्न पहल होस् ।” सीमा विवाद देखिएका क्षेत्रमा भारतीय पक्षसित समन्वय गरेर समाधान खोज्न सीमाक्षेत्रका बासिन्दाको माग छ । सुदूरपश्चिम क्षेत्रीय वैद्यनाथ बाहिनीका बाहिनीप्रति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजेश श्रेष्ठले त्रिभुवनबस्ती र बेल्डाँडीमा सशस्त्र पोस्ट स्थापना गर्न पहल भइरहेको बताउनुभयो । 

‘हाम्रो तर्फ दोधारा चादँनी र बेलौरीमा मात्रै सीमा सुरक्षा पोस्ट छ ।’ उहाँले भन्नुभयो–“थप पोस्ट बढाउन माथिल्लो निकायमा पहल हुदँैछ ।” सीमा अतिक्रमणलगायत स्थानीयस्तरमा देखिने समस्याका बारेमा भारतीय पक्षसित पनि समन्वय हुने गरेको उहाँले उल्लेख गर्नुभयोे । 

त्यसैगरी नेपाल प्रहरीका सुदूरपश्चिम क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक विजयराज भट्टले सीमा क्षेत्रको सुरक्षा व्यवस्था सवल बनाउन आफूहरु लागिरहेको बताउनुभयो । उहाँले दक्षिण क्षेत्रका बासिन्दाको मागअनुसार केही प्रहरी युनिट थप गर्नाका साथै स्तरोन्नतिका लागि पनि पहल भइरहेको जानकारी गराउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने