कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी का"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिप्रका अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता

२ माघ २०७३, आईतवार १२:२६


कमल रावल | माघ २, अछाम | जिल्ला प्रहरी कार्यालय अछाममा ६ महिनाको अवधिमा २७ वटा मुद्दा दर्ता भएका छन । २०७३ साउन १ गते देखि माघ गते सम्म २७ वटा दर्ता भएका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

६ महिनाको अवधिमा गर्ने पत्रकार सम्मेलन अनुसार आज जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामा सबै भन्दा बढी ११ वटा मुद्दा आत्म हत्याका रहेका छन । त्यस्तै कर्तव्य ज्यान २, भबितब्य ३, फुटकर ३, सवारी ज्यान २, जवरजस्ती करणी २, ज्यान माने उद्योग १ रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले बताउनु भयो । २७ वटा मुद्दा मध्ये ८ वटा जिल्ला अदालतमा पेश, १ प्रक्रियामा चालु र १८ वटा बाकी म्याद अवधि भर चालु रहेको बताउनु भयो । यो वर्ष गत आर्थिक बर्षको भन्दा जिल्ला प्रहरी कार्यालयका निकै कम घटना आएका छन । 

गत आर्थिक वर्षमा ६० वटा मुद्दा दर्ता गरिएको थिए भने यो वर्ष हाल सम्म २७ वटा मात्र दर्ता भएको बताईएको छ । यो वर्षका घटनामा सबै दोषि प्रक्राउ परेका छन भने जिल्ला प्रहरी कार्यालय अछामले एक बर्ष अघि बहु विवाह गरेर फरार अभियुक्त लाई समेत पक्राउ गरेको छ । यसैगरि यो ६ महिनाको अवधिमा ५४ वटा विभिन्न प्रकृतिका ठाँडो उजुरीका मुद्दा पनि जिल्ला प्रहरी कार्यालयले मिलापत्र गराएको छ । अछाममा दर्ता भएका २७ मुद्दा मध्ये १४ वटा महिला तथा वालवालिकासंग सम्बन्धीत रहेका छन । साथै डिएसपि भट्टका अनुसार दैविक प्रकोप अन्र्तगत अछाम जिल्लामा १ करोड ४७ लाख १९ हजार ३ सय १० आर्थिक रकम बराबरको क्षति भएको पाईएको छ । जसमा १ सय ९ घटना भएका र जिल्लामा ३ सय २ घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका बताईएको छ । 

प्रहरीका अनुसार अछाम जिल्लामा यो अवधिमा ९ जना महिला तथा वालवालिका हराएकोमा ५ जनालाई भेटाएर आफन्तको जिम्मा लगाईएको छ । र जिल्लामा ट्राफिक नियमको उल्लघन गर्ने ८ सय ३ सवारी साधन कारबाहीमा परेका छन । जसबाट ५ लाख ५५ हजार राजस्व सँकलन भएको छ । यो अवधिमा प्रहरी मेरो साथी अभियानलाई पनि निरन्तरता दिईएको बताईएको छ । ६ महिनाको अवधिमा ३३ वटा स्थानमा सचेतना, अन्तक्र्रिया, सडक नाटक लगाएतका कार्यक्रम गरिएका पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह