अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बाल विकास केन्द्रहरुको उचित व्यवस्थापनमा जोड

२०७३, ५ माघ बुधबार १४:२७

अजयकुमार साह | माघ ५, उदयपुर (गाईघाट) | जिल्ला शिक्षा कार्यालयको समन्वय, जाल्पा एकिकृत विकास समाज उदयपुरको अयोजना र वल्र्डभिजन ईन्टरनेशनलको सहयोगमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुका लागि ५ दिवसिय पुनरताजगी तालिम बुधबारबाट कटारीमा शुरु भएको छ ।

जिल्लाको पश्चिमी गाविसहरु तावाश्री, लिम्पाटार, ओख्ले, रुपाटार, लेखगाउँ र ईनामेका विद्यालय र समुदायमा आधारित बाल विकास केन्द्रका २१ जना सहयोगी कार्यकर्ताहरु तालिममा सहभागी भएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताउनुभयो ।

पाँच दिन सम्म आयोजना हुने सो तालिमको आज बुधबार उदघाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका सहायक जिशिअ तथा बाल विकास केन्द्रका फोकल पर्सन रामेश्वर कुँवरले ३ देखी ५ बर्ष सम्मका बालबालिकाहरुको चौतर्फी विकासका लागि बाल विकास केन्द्र महत्वपूर्ण केन्द्रको रुपमा रहेकोले सवै भन्दा बढी संवेदनशिल रुपमा लिई केन्द्रहरुको भौतिक पूर्वाधारका साथै सिकाई वातावरण समेत तयार गर्न स्थानिय स्तरमै पहलको खाँचो रहेको बताउनुभयो ।

बाल विकास केन्द्रको विषयमा सरकारी स्तरबाट भएको परिमार्जित सकारात्मक पहलहरुलाई स्वागत गर्दै अझ बढी स्थानिय स्तरबाट बाल विकास केन्द्रको पूर्वाधारहरुको विकास गर्नु जरुरी रहेको सहायक जिशिअ कुँवरले बताउनुभयो ।

तालिम आयोजक संस्था जाल्पा एकिकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले सरकारले शिक्षा कार्यालय मार्फत बाल विकास केन्द्रको सहयोगी कार्यकर्ताको पारिश्रमिक देखि यसको उचित व्यवस्थापनमा जोड दिएकोले समुदायमा रहेका बालबालिकाहरुलाई त्यस तर्फ आकर्षित गर्न सहयोगी कार्यकर्ता र व्यवस्थापन समितिहरुको महत्वपूर्ण भुमिका रहने औल्याउनुभयो ।माघ ९ गते सम्म संचालन भईरहेको उक्त तालिमको सहजीकरण सहायक जिशिअ रामेश्वर कूँवर, सेतो गुराँसकी महेश्वरी राई र देवी कटुवालले गरिरहनुभएको परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । तालिममा बालबालिकाहरुका लागि सिकाई सामंग्रीहरु निर्माण गर्ने देखि यसको उचित प्रयोगको विषयमा सहयोगी कार्यकर्ताहरुलाई पुनरताजगी गराउने उद्देश्य रहेको संयोजक साहले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने